• काठमाडौं : काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डमा कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र चलिरहेको छ ।

    पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले यसको आह्वान गरेका हुन् ।

    सभापतिसहित संस्थापन समूहका नेताले यसलाई आलटाल गर्न खोजेपछि महामन्त्रीद्वयले नै विशेष महाधिवेशनको आह्वान गरे ।

    विशेष महाधिवेशनको उद्घाटनस्थलमा सहभागी भएर साँझ ६ बजेसम्म २ हजार १८५ जना महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएको सचिवालयले जानकारी दिएको छ ।

    बिहान ८ बजेदेखि दर्ताको काम सुरु भएको हो ।

    महाधिवेशन स्थलको मूल गेटसँगै रहेको स्टलबाट नाम दर्ता गर्ने काम भइरहेको विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका सचिवालय सदस्य युवराज पाण्डले जानकारी दिए ।

    नाम दर्ताको शुल्क एक हजार तोकिएको छ । अहिले कार्यक्रम स्थल पुगेका प्रतिनिधिहरुले नाम दर्ता गरेर कार्ड लिने क्रम जारी छ ।

    महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर पार्टी विधानको धारा १७ ९२० बमोजिम विशेषको माग गरेका थिए ।

    कांग्रेसमा देशभरबाट ४ हजार ७ सय ४३ जना प्रतिनिधि रहेका छन् ।