

-
काठमाडौं : पोखराले दिएको २१८ रनको लक्ष्य पछ्याएको कर्णालीले १८ ओभर ३ बलमा सबै विकेट गुमाएर १५४ रन मात्र बनाउन सक्यो । कर्णालीका पवन सर्राफले सबैभन्दा धेरै ३२ रन बनाए ।, आरिफुल इस्लामले २४, दीपक डुम्रेले २२ रन बनाए । पोखराका मेहदी हसनले ३ विकेट लिए ।
यसअघि कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पोखराले २० ओभरमा ३ विकेट गुमाएर २१७ रन बनायो । पोखराका युवराज सम्राले शतक बनाए । सम्रा ४८ बलमा ६ छक्का र १० चौकाको मद्दतमा १०२ रन जोड्दै आउट भए । यस्तै कप्तान कुशल भुर्तेलले ६२, चमिका करुणारत्नेले नटआउट ३५ रन बनाए । कर्णालीका कप्तान सोमपाल कामीले २ विकेट लिए ।
युवराज साम्राले एनपीएलको इतिहासमा चौथो र यो संस्करणमा पहिलो शतक बनाएका हुन् । एनपीएलमा शतक बनाउने ४ जनामध्ये युवराज पोखराका तेस्रो खेलाडी हुन् । पहिलो संस्करणमा पोखराका आन्द्रेस गौस तथा दोस्रो संस्करणमा पोखराकै एडम रसिङटन र कर्णालीका मार्क वाटले शतक बनाएका थिए ।
पोखराले बनाएको २१७ रन एनपीएलको इतिहासमा दोस्रो ठूलो योगफल हो । यसअघि दोस्रो संस्करणमा विराटनगर किङ्ग्सले पोखरासँगको खेलमा ६ विकेट गुमाएर २२० रन बनाएको थियो ।
यो जीतसँगै पोखरा ५ खेलमा २ अङ्क जोड्दै तालिकाको पुछारमा छ । कर्णाली लगातार तेस्रो हारसहित ५ खेलमा ४ अङ्कसहित सातौँ स्थानमा छ ।
एनपीएलमा आजको दोस्रो खेलमा बेलुका ५ बजे चितवन राइनोज र काठमाण्डौ गोर्खाज खेल्दैछन् । काठमाण्डौ ४ खेलमा ६ अङ्कसहित दोस्रो र चितवन ४ खेलमा ५ अङ्कसहित चौथो स्थानमा छ ।
News Desk 0 response सोमवार, कार्तिक २४, २०८३

सम्बन्धित शीर्षकहरु
-
एनपीएल : पोखराको पहिलो जीत, कर्णाली ६३..
सोमवार, कार्तिक २४, २०८३ -
रुसलाई एक्ल्याउने अमेरिकी नीतिमा उलटफेर
सोमवार, कार्तिक २४, २०८३ -
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३
-
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३


