-
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्रीहरु गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा शुरू भएको पार्टीको विशेष महाधिवेशनमा बहुमत प्रतिनिधिले नाम दर्ता गराएका छन् ।
कोशी प्रदेशबाट ४ सय २५, मधेश प्रदेशबाट ४ सय ४६, बागमती प्रदेशबाट ४ सय ३२, गण्डकी प्रदेशबाट २ सय ९६, लुम्बिनी प्रदेशबाट ३ सय ९८, कर्णाली प्रदेशबाट १ सय ३४, सुदूरपश्चिम प्रदेशबाट १ सय ४८, उपत्यका ९काठमाण्डौ, भक्तपुर र ललितपुर० बाट १ सय ७८ र भातृ, शुभेच्छुक एवम् जनसम्पर्क समितिबाट १ सय ९५ गरी दुई हजार ६ सय ६२ महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका हुन् ।
कांग्रेसको १४औँ महाधिवेशनमा ४ हजार ७ सय ४३ प्रतिनिधि थिए । नाम दर्ता प्रक्रिया र बन्द सत्र आज बिहानदेखि भृकुटीमण्डपमा शुरू हुँदैछ । संस्थापन पक्षको अनुपस्थितिबीच हिजोदेखि शुरू भएको विशेष महाधिवेशनलाई कांग्रेस पुनर्गठनको नवीन प्रयोगको रुपमा हेरिएको छ ।
पार्टीको मुख्य नेतृत्वले रुपान्तरण हुन नचाहँदा नचाहँदै पनि युवापुस्ताको विद्रोहले पार्टीभित्र र अरु दललाई रुपान्तरणका लागि दबाव सिर्जना गरेको छ । विशेष महाधिवेशनप्रति बढेको पक्षधरता, कार्यकर्तापंक्तिको सहभागिता र उनीहरूको ऊर्जाले विशेष महाधिवेशनको उद्घाटन सत्र उत्साहजनक देखियो ।
विशेष महाधिवेशनमा उपस्थित कार्यकर्तापंक्ति नेतृत्व र नीति परिवर्तनप्रति दृढ देखिएका छन् ।
News Desk 0 response सोमवार, पुस २८, २०८२

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३

प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३