समाचार

जनमत पार्टीलाई सरकारमा ल्याउनेबारे छलफल भइरहेको छ : मन्त्री शर्मा

काठमाडौं : नेपाल सरकारी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले डा. चन्द्रकान्त (सीके) राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा ल्याउनेबारे सकारात्मक छलफल भइरहेको बताइन् । मङ्गलवार सिंहदरबारमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने...

सरकारद्वारा धानको समर्थन मूल्य निर्धारण

काठमाडौं : सरकारले धानको समर्थन निर्धारण गरेको छ । मङ्गलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले धानको समर्थन मूल्य निर्धारण गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । बैठकले मोटा...

बालेनलाई सर्वोच्चले दिएन वारेस राख्ने सुविधा

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)लाई सर्वोच्च अदालतले वारेसको सुविधा दिन अस्वीकार गरेको छ । अदालतको अवहेलना गरेको आरोप खेपिरहेका शाहले मुद्दाको तारिख खेप्नका लागि वारेसको सुविधा मागेर सर्वोच्च अदालतमा निवेदन दिएका...

प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धुस लिँदै गर्दा पक्राउ

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा १६ हजार रुपैयाँ घुससहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई पक्राउ गरेको छ। आयोगको टोलीले कागेश्वरी मनोहरा नगरपालिका-१ गागलफेदीस्थित सिद्धिगणेश माध्यामिक विद्यालयका व्यवस्थापन...

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका ६ जनाको शव काठमाडौं ल्याइयो

काठमाडौं । मनाङ एयरको ‘९–एन–एमभी’ हेलिकप्टर दुर्घटनामा मृत्यु भएका ६ जनाको शव काठमाडौं ल्याइएको छ । मंगलबार साढे ५ बजे हेलिकोप्टरमार्फत त्रिवि शिक्षण अस्पताल ल्याइएको हो । शवलाई पोष्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको छ...

सोलुखुम्बु हेलिकप्टर दुर्घटना : ६ जनाको शव काठमाडौं ल्याइँदै

काठमाडौं : सोलुखुम्बुमा मनाङ एअरको हेलिकप्टर दुर्घटनामा परेर ज्यान गएका छ जनाको शव काठमाडौं ल्याइँदैछ । दुर्घटनास्थल सोलुखुम्बुको लामोजुरामा मौसम खुलेपछि अहिले हेलिकप्टरले शव ल्याउँदैछन् । शवको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम हुनेछ । आज...