

-
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मुख्य मन्त्रीहरुसँगको भिडियो बैठकमा मास्क लगाएरै उपस्थित भएका छन् ।
उनले शनिबार कोरोना भाइरसविरुद्ध भइरहेका कामका बारेमा छलफल गर्न देशका मुख्यमन्त्रीहरुसँगको भिडियो बैठक आयोजना गरेका थिए । मुख्यमन्त्रीहरुसँगको भिडियो अन्तरक्रियाका क्रममा प्रधानमन्त्री मोदी मुखमा मास्क लगाएको अवस्थामा देखिएका थिए ।
प्रधानमन्त्री मोदीले मुख्यमन्त्रीहरुसँग अहिले भइरहेका कामहरुका बारेमा जानकारी लिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । उनले लकडाउन पूर्ण रुपमा कार्यान्वयन गराउनेदेखि कोरोना भाइरसविरुद्ध अन्य विभिन्न क्रियाकलापहरुमा मुख्यमन्त्रीहरु र प्रदेश सरकारहरुले राम्रो भूमिका खेलेको भन्दै धन्यवाद पनि दिएका थिए ।
उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवस्थाको चर्चा गर्दै कोरोना भाइरसविरुद्धको लडाईलाई अझ प्रभावकारी बनाउने उपायका बारेमा पनि बताएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री मोदीले मुख्यमन्त्रीहरुसँग यसअघि पनि दुई पटक भिडियो बैठक गरेका थिए । उनले मन्त्रीपरिषद् बैठक र सर्वदलीय बैठक पनि भिडियो मार्फत् गरिसकेका छन् । उनले हरेक दिन जसो विभिन्न क्षेत्रका व्यक्तिहरुसँग भिडियो बैठक गर्दै आएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । एएनआई
News Desk 0 response शनिबार, चैत्र २९, २०७६

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



