

-
काठमाडौं : सिरियाको राजधानी दमास्कसमा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँको भ्रमणका क्रममा मंगलबार दुईवटा शक्तिशाली विस्फोट भएका छन् ।
सञ्चारमाध्यमका अनुसार राष्ट्रपति म्याक्रोँ बसेको ‘फोर सिजन्स होटल’बाट करिब १२५ मिटरको दूरीमा विस्फोट भएको हो । म्याक्रोँ सोमबार सिरियाको राजधानी दमास्कस पुगेका थिए ।
सिरियाली सञ्चारमाध्यमहरूका अनुसार घटनामा चारजना प्रहरी अधिकारीसहित १८ जना घाइते भएका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा घटनास्थलबाट बाक्लो धुवाँ र आगोको मुस्लो उठिरहेको देखिन्छ ।
घटनापछि सुरक्षा निकायहरूले प्रभावित क्षेत्रलाई घेराबन्दी गर्दै सडक आवागमन बन्द गरेका छन् ।
फ्रान्सेली राष्ट्रपतिको कार्यालय एलिसी प्यालेसले राष्ट्रपति म्याक्रोँ पूर्ण रूपमा सुरक्षित रहेको जनाएको छ ।
विस्फोटपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै म्याक्रोँले भने, “सिरियाका नागरिकहरू स्वतन्त्र, सुरक्षित, एकताबद्ध र सबै समुदायलाई समेट्ने देश चाहन्छन् । उनीहरूको यो आकांक्षालाई कसैले रोक्न सक्दैन । मेरो सिरिया भ्रमण यथावत् रहनेछ ।”
बसर अल–असद सत्ताच्युत भएपछि सिरियाको भ्रमण गर्ने म्याक्रोँ पहिलो प्रमुख युरोपेली नेता बनेका छन् ।
दमास्कस विमानस्थलमा सोमबार उनलाई सिरियाका विदेशमन्त्री असद अल–शैबानीले स्वागत गरेका थिए ।
मंगलबार म्याक्रोँले सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल–शरासँग भेटवार्ता गरेका छन् । दुवै नेताले ऐतिहासिक उमय्यद मस्जिदको पनि अवलोकन गरेका छन् ।
म्याक्रोँको भ्रमणमा सिरियाको पुनर्निर्माण, वैदेशिक लगानी, सुरक्षा सहकार्य तथा आतंकवादविरुद्धको अभियान मुख्य एजेन्डाका रूपमा रहेका छन् । साथै, पूर्वाधार, वित्तीय क्षेत्र र ऊर्जा क्षेत्रमा सम्भावित सहकार्यबारे पनि छलफल भइरहेको बताइएको छ ।
यसअघि जुलाई ३ मा दमास्कसस्थित ‘प्यालेस अफ जस्टिस’ नजिकको एक क्याफेमा बम विस्फोट भएको थियो ।
उक्त घटनामा पाँचजनाको मृत्यु भएको थियो भने २० जना घाइते भएका थिए ।
दमास्कसका गभर्नर माहेर मरवान इद्लिबीका अनुसार क्याफेमा इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस ९आईईडी० राखिएको थियो ।
घटनामा संलग्न भएको आशंकामा एकजनालाई पक्राउ गरिएको छ ।
अधिकारीहरूले केही समूहले देशमा अस्थिरता सिर्जना गर्ने प्रयास गरिरहेको बताएका छन् । यद्यपि, हालसम्म उक्त विस्फोटको जिम्मेवारी कुनै पनि आतंकवादी समूहले लिएको छैन ।
News Desk 0 response मङ्लबार, असार २३, २०८३

सम्बन्धित शीर्षकहरु
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३



