

-
काठमाडौं : बेलायतको दक्षिण वेल्समा डढेलो नियन्त्रणमा गोर्खा सैनिकलाई खटाइएको छ । डढेलो नियन्त्रणमा उनीहरूले ‘अभूतपूर्व काम’ गरेको भन्दै अहिले बेलायतमा उनीहरूको प्रशंसा गरिएको छ ।
मुख्य अग्नि नियन्त्रण अधिकृत फिन मोनाहानले वेल्स फायर एन्ड रेस्क्यु सर्भिस अत्यधिक दबाबमा रहेको बेला मदतको लागि आएको सेनाले अभूतपूर्व कार्य गरेको भन्दै प्रशंसा गरेका हुन् ।
वेल्समा लागेको डढेलो नियन्त्रण गर्न ‘क्विन्स ओउन गोर्खा लजिस्टिक रेजिमेन्ट’का करिब २०० जना गोर्खा सैनिक, २२ रोयल इन्जिनियर्स, रोयल लजिस्टिक्स कर्प्स र सेनाका हेलिकोप्टरहरूको सहयोग लिइएको थियो ।
मोनाहानले डढेलो नियन्त्रण गर्न आफ्ना अग्नि नियन्त्रकहरूसँग अत्यन्तै विशिष्ट सीपहरू रहेको र गोर्खा सैनिकको सहायताले ती सबै सीपलाई सही ठाउँमा केन्द्रित गर्न सक्षम बनाएको जनाएका छन् ।
सैनिकहरूले अग्नि नियन्त्रक र विशेषज्ञ उद्धारकर्ताहरूलाई पानी उपलब्ध गराउनेदेखि बन्दोबस्ती (लजिस्टिक) सहयोगमा सघाएका थिए ।
मोनाहानले सैनिकहरूले खाडल खन्ने र अग्नि रोधक रेखा बनाउन मदत गरेर अत्यन्तै अभूतपूर्व काम गरेको बताएका छन् ।
दक्षिण वेल्समा आइतबार करिब १४ वटा छुट्टाछुट्टै आगोका घटना नियन्त्रण गर्ने प्रयास भएको थियो । बीबीसी
News Desk 0 response आइतवार, साउन ३१, २०८३

सम्बन्धित शीर्षकहरु
-
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३ -
कोशी ब्यारेजमा जलसतह बढेसँगै ३१ वटा ढोका..
शुक्रबार, अशोज ९, २०८३ -
एशियाली खेलकुद : नेपालले अफगानिस्तानलाई ५ विकेटले..
शुक्रबार, अशोज ९, २०८३ -
कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय,..
बिहिबार, अशोज ८, २०८३
-
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३ -
कोशी ब्यारेजमा जलसतह बढेसँगै ३१ वटा ढोका..
शुक्रबार, अशोज ९, २०८३ -
एशियाली खेलकुद : नेपालले अफगानिस्तानलाई ५ विकेटले..
शुक्रबार, अशोज ९, २०८३ -
कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय,..
बिहिबार, अशोज ८, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३



