

-
काठमाडौं : ६ महिने तलबी प्रसूति बिदाको व्यवहारिकताबारे संसद्मा प्रश्न उठेको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरूले यसको व्यावहारिक कार्यान्वयनप्रति प्रश्न गरेका हुन् ।
मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा सांसदहरूले आमालाई ६ महिनाको बिदा र बाबुलाई ४२ दिनको बिदा दिने प्रस्तावबारे धारणा राखेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले बिदाको अवधारणा राम्रो भए पनि कार्यान्वयनमा जटिलता रहने बताइन् । “६ महिना बिदा व्यवहारिक छ कि छैन ? हामीले गैर सरकारी संस्थालाई पनि समावेश गर्ने भनेका छौँ,” उनले भनिन्,ुु बिदा मात्रै आवश्यकता हो कि कार्यस्थल बालबच्चा मैत्री बनाउनु पनि आवश्यकता हो ? ”
सुत्केरी हुने बित्तिकै ६ महिना बिदाको सट्टा त्यसलाई दुई चरणमा दिनु व्यवहारिक हुने बास्कोटाको भनाइ छ ।
राप्रपाकी सचेतक खुस्बु ओलीले निजी र गैर सरकारी क्षेत्रमा कार्यरत महिलाले पनि यो व्यवस्थाअन्तर्गतको बिदा पाउने सुनिश्चितता गर्नुपर्ने बताइन् । निजी तथा गैरसरकारी संस्थामा त्यसको उल्लंघन भए हुने कारबाहीबारे स्पष्ट तोकिनुपर्ने उनको भनाइ छ । ुुसरकारी मात्रै होइन निजी र गैर सरकारी क्षेत्रमा कार्यरत महिलाले पनि यो अधिकार व्यवहारमा नै पाउने सुनिश्चितता कसरी गर्न सकिन्छ ?” उनको प्रश्न छ ।
नयाँ व्यवस्था लागु हुनुअघि विद्यमान कानुनअनुसार ९८ दिन बिदामा रहेकाहरूको हकमा पनि यो बिदा कार्यान्वयनमा आउनुपर्ने माग सांसदहरूको छ ।
विधेयकमा सरकारी, गैरसरकारी तथा निजी संघ–संस्थामा कार्यरत महिलाले कम्तीमा ६ महिनासम्म तलबसहित प्रसूति बिदा पाउने व्यवस्था प्रस्ताव गरिएको छ । “प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि सरकारी, गैरसरकारी वा निजी संघ संस्थामा कार्यरत महिलालाई सुत्केरी हुनुअघि वा पछि कम्तीमा छ महिनासम्मको तलब सहितको प्रसूति बिदा पाउने अधिकार हुनेछ,” मूल ऐनको दफा १३ (१) संशोधन गर्न प्रस्ताव गरिएको छ ।
हाल कायम रहेको ऐनमा ९८ दिन बिदा दिने व्यवस्था छ । उक्त व्यवस्था बढाउन लागिएको हो । त्यस्तै, सुत्केरी महिलाकी श्रीमान्लाई ४२ दिनसम्म तलबसहित प्रसूति स्याहार बिदा दिने प्रस्ताव छ ।
“प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि सरकारी, गैरसरकारी वा निजी संघ संस्थामा कार्यरत पुरुष कर्मचारीको पत्नी सुत्केरी हुने भएमा त्यस्तो कर्मचारीले पत्नी सुत्केरी हुनुअघि वा पछि पारिश्रमिकसहितको ४२ दिनसम्मको प्रसूति स्याहार बिदा पाउनेछ,” दफा १३ को (५)को सट्टा राख्ने भनिएको छ ।
News Desk 0 response सोमवार, अशोज १२, २०८३

सम्बन्धित शीर्षकहरु
-
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३ -
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३
-
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३ -
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
मङ्लबार, अशोज ६, २०८३



