

-
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई कोरोना फ्रि घोषणा गर्ने वातावरण बनाउन भारतीय जनता पार्टीका कार्यकर्ताहरुलाई अपिल गरेका छन् ।
उनले देशमा कोभिड १९ का सङ्क्रमितहरु बढ्दै गएको देखिएपछि सबै भारतीय नागरिकलाई लकडाउनमा घरैमा बसेर सहयोग गर्न अपिल गरिएको प्रसंग उल्लेख गर्दै यस्तो अवस्थामा नागरिकलाई परेका समस्याहरुको समाधान गर्न पार्टी कार्यकर्ताहरुलाई आग्रह गरेका हुन् ।भारतीय जनता पार्टीको ४० औँ स्थापना दिवसका अवसरमा उनले आफ्ना कार्यकर्ताहरुलाई देश यतिबेला महामारीमा परिरहेकोले यस्तो बेलामा खटेर काम गर्न र आवश्यकताअनुसार नागरिकका समस्या र अप्ठेरोहरुमा सघाउन पनि आह्वान गरेका छन् ।
सबै भारतीय नागरिकले प्रतिबद्धता र सहयोगका साथ लड्ने हो भने भारतलाई कोरोना मुक्त देश बनाउन धेरै गाह्रो नभएको उनले बताए ।
कोरोना भाइरसको बारेमा नागरिकमा जानकारी गराउने, चेतनामूलक कार्यक्रमहरुलाई नागरिकको घर दैलोमा लैजाने र सामाजिक दुरी कायम गरेर देशमा कोरोनाका विरुद्धमा लड्ने र त्यसलाई परास्त गर्ने काम गर्न उनले भारतीय जनता पार्टीका कार्यकर्ताहरुलाई अपिल गरेका हुन् ।विश्वमा नै प्राणघातक यस भाइरसले प्रभाव पारिरहेका बेला भारतमा पनि पछिल्ला केही दिनमा कोरोना सङ्क्रमितको संख्या बढ्न थालेको छ । भारतमा सोमबार बिहानसम्म यसका सङ्क्रमितको संख्या ४ हजार ६७ जना पुगेको बताइएको छ ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारी अनुसार यहाँ पछिल्लो १२ घन्टामा कम्तीमा पनि ४९० जनामा सङ्क्रमण देखिएको छ । पछिल्ला केही दिनमा यहाँ ४ देखि ५ सयका दरले कोरोना संक्रमितको संख्या बढ्दै गएको बताइएको छ ।
साथै भारतमा कोरोनाको सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या पनि बढ्न थालेको छ । सोमबार बिहानसम्म यसबाट ज्यान गुमाउने नागरिकको संख्या १०९ पुगेको सो मन्त्रालयले जानकारी दिएको छ ।
भारतमा कोरोनाका सङ्क्रमितहरु उपचारपछि निको भएर घर पनि फर्किएका छन् । उपचारपछि २९२ जना घर फर्र्किएका छन् । अरु हजार ६६६ जना भने उपचाररत रहेका छन् । उनीहरु केही अस्पताल त केही आफ्नो घरमा नै निगरानीमा रही उपचार गराइरहेका छन् । एएनआई
News Desk 0 response सोमवार, चैत्र २४, २०७६

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



