

-
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्क शहरमा दुई साता लामो “लकडाउन” गर्ने निर्णय बेठिक रहेको बताएका छन् । स्थानीय राजनीतिक नेताहरु र स्थानीयबासीले कोरोनाभाइरसको महामारी अरु बढ्ने चेतावनी दिइरहे पनि राष्ट्रपति ट्रम्पले लकडाउन समस्याको समाधान नरहेको जिकिर गरेका छन् । तर अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले शनिबार नै स्थानीयबासीलाई अत्यावश्यक बाहेक अन्य परिस्थितिमा घरबाहिर ननिस्कन सुझाव दिएको छ ।
राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै भनेका छन्, “न्यूयोर्कमा क्वारेन्टाइनको जरुरत छैन ।” स्थानीयबासीलाई अन्य राज्य र शहरको भ्रमणमा जाँदा वा न्यूयोर्क प्रवेश गर्दा क्वारेन्टाइनमा राख्नु पर्दछ भन्ने चौतर्फी माग गरिए पनि राष्ट्रपति ट्रम्पले यस्तो धारणा नै गलत रहेको दाबी गरेका छन् । राष्ट्रपति ट्रम्पले यसअघि अरु राज्यहरु खासगरी फ्लोरिडा राज्यले चिन्ता व्यक्त गरेपछि आवातजावत खुलै राख्नु पर्ने धारणा अघि सारेका थिए । उनले संवाददाताहरुलाई अति संक्रमण फैलिएको न्यूयोर्क निवासीका कारण छिमेकी राज्य फ्लोरिडामाथि दबाब परेको पनि बताए ।
तर न्यूयोर्कका गभर्नर एन्ड्रु कुमो र न्यूजर्जीका गभर्नर नेड लामोन्टले राष्ट्रपतिको भनाई प्रति तिब्र असन्तोष व्यक्त गरेका छन् । अमेरिकी वित्तीय क्षेत्रमै संकट आउने भन्दै दुबै गभर्नरले मानिसको आवतजावतमा कडाई गर्नु पर्ने बताएका थिए । राष्ट्रपति ट्रम्पले ट्वीटमा भनेका छन्, “ह्वाइट हाउसको कोरोनाभाइरस कार्यदलको सुझाव तथा न्यूयोर्क, न्यूजर्जी र कनेक्टिकट राज्यका गभर्नरसँगको परामर्शपछि मैले सिडिसीलाई कडा ट्राभल एड्भाइजरी जारी गर्न आदेश दिएको छु ।” त्यसलगत्तै सिडिसीले तत्काल लागू हुनेगरी १४ दिनसम्म अतिआवश्यक परेको अवस्थामा बाहेक तीनवटा राज्यमा यात्रा नगर्न र घरभित्रै बस्न तीनै राज्यका स्थानीयबासीलाई आग्रह गरेको छ ।
संयुक्तराज्य अमेरिकामा भेटिएका कूल संक्रमित व्यक्तिहरु एक लाख २४ हजारमध्ये न्यूयोर्कमा मात्र ५३ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । न्यूयोर्कमा शनिबार मात्र १५५ जनाको मृत्यु भएको छ, र यो सहित न्यूयोर्कमा कूल मृतकको संख्या ६७२ जना पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार कोरोनाभाइरसका कारण अमेरिकामा २ हजार १८५ जनाको मृत्यु भइसकेको छ । छिमेकी राज्य न्यूजर्जीमा ११ हजार १०० भन्दा बढी संक्रमित व्यक्ति भेटिएका छन् । एएफपी
News Desk 0 response आइतवार, चैत्र १६, २०७६

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



