

-
२०५४ सालमा जन्मथलो रामेछापको गुन्सी भदौरेबाट काठमाडौं आएर प्रेस मजदुरको रुपमा काम गरेका केशव सापकोटा अहिले करोडौंको कारोवार गर्ने भएका छन् । सापकोटाले बुक बाइण्डिङदेखि प्रेस मेसिन अपरेटरसम्मको काम गरे । मजदुरीकै क्रममा उनलाई सरकारी जागिरको भोक जाग्यो र ०५८ सालमा निर्वाचन आयोगको मतदाता परिचयपत्र बनाउनका लागि वीरगञ्ज पुगे ।
News Desk 0 response आइतवार, जेष्ठ २७, २०७५
निजी कम्पनीमा काम गरेका केशव सरकारी सेवामा त प्रवेश गरे तर, उनलाई त्यहाँ पनि रस वसेन । आफैले केही गर्नुपर्छ भन्ने निष्कर्षका साथ उनी काठमाडौं फर्किए । ०५९ सालमा केशवले आफ्नै व्यवसाय शुरु गरे । आफ्नै काम गर्न थालेपछि उनलाई पछि फर्केर हेर्नु परेको छैन ।
कुनैबेला मजदुरको रुपमा काम गर्ने सापकोटा अहिले धेरै मजदुरको गर्जो टार्ने अवस्थामा पुगेका छन् । श्रमको उच्च सम्मान गर्ने अनि सबैले उस्तै मेहनत गरेको देख्दा आफूलाई पनि काम गर्ने जोश, जाँगर र उत्साह थपिने सापकोटा वताउँछन् ।
परिश्रमले नै आफूलाई सफल वनाएको ठान्ने सापकोटाले भने,‘बिगतको अवस्था हेर्दा जिन्दगीमा सबैभन्दा सफल भए जस्तो लाग्छ । तर, मान्छेले काम गर्न कहिल्यै छाड्नु हुन्न ।’
सापकोटा स्वयं अहिले पनि दैनिक १५ घण्टासम्म खट्छन् । उनको अहिलेको मुख्य काम बिभिन्न सरकारी कार्यालयको माग वमोजिमको सामान लगिदिनु हो । काठमाडौंवाहेक मोफसलका सरकारी कार्यालयमा पनि सामान लैजाने सापकोटा भन्छन्,‘काम भन्ने कुरा कुनै सानो र ठूलो नै हुदैन ।’ र, आफ्नो कामलाई सधै सम्मान गर्नुपर्ने उनको तर्क छ ।
सापकोटाले गरेको मेहनत देखेर उनलाई जान्ने बुझ्नेहरु खुलेर प्रशंसा गर्छन । उनलाई भेट्नेहरु सधै उनको कामको सम्मान गरिरहेका हुन्छन् । सधै काममा मात्र दत्तचित्त भएको देखिने केशवले दुखी असहायलाई पनि उत्तिक्कै सहयोग गरेका छन् ।
आफ्नो यो सफलताको श्रेय भने उनले आफ्नो परिश्रमलाई नै दिएका छन् । आफ्नो सीप, क्षमतामार्फत अरुलाई पनि रोजगार दिने केशवको योजना छ । भन्छन्,‘क्षमता प्रयोग गर्न सके कसैको भर पर्नु पर्दैन ।’ परिश्रमले नै मान्छेलाई सफल वनाउँछ भन्ने उदाहरण केशव सापकोटा बनेका छन् ।
जुनसुकै क्षेत्रमा सफल हुन लगनशील र परिश्रमी बन्नु पर्छ भन्ने केशवको भनाई छ । साथै, इमान्दार र सिर्जनशील बन्न सके पँुजी नभए पनि काम गरेर धन आर्जन गर्न सकिन्छ भन्छन् उनी ।
उनलाई यति सफलताको शिखर चुम्म धेरै कठिनाई भोग्नु परेको छ । केशवको जीवन पनि संघर्षबाट गुज्रिँदै यहाँसम्म आइपुगेको हो । आफ्नो व्यवसायिक जीवनको शुरुवाती चरणमा उनी जति सङ्घर्ष गर्थे अहिले पनि त्यत्तिकै सङ्घर्षशील छन् ।
सुरुमा उनले प्रेस सञ्चालन गरे काठमाडौंको माइतीघरमा । अहिले बबरमहलमा त्यो प्रेस छ । प्रेसमा धेरै मानिसले काम पाएका छन् ।
आफ्नो परिवारका सदस्यलाई ब्यस्त पार्न उनले पुतली सडकमा स्टेशनरी पसल सञ्चालन पनि गरेका छन् । त्यही वाट सरकारी तथा गैरसरकारी कार्यालयहरुलाई आवश्यक पर्ने विभिन्न प्रकारका सामाग्रीहरु सप्लाइ गर्ने गरेका छन् । केशव आफैं चाहिं सामान सप्लाइको काममा बढी समय दिन्छन् ।
सामान्य किसान परिवारमा जन्मिएर काठमाडौंमाा मजदुरी गर्दै यो अवस्थामा आएको केशबको जिन्दगीमा अहिले राम्रै बन्दोबस्त छ । गाँस,बाँसका लागि उनी कुनै उच्च घरानाको ब्यापारी भन्दा कम अवस्थामा छैनन् ।
आफ्नै बुतामा यहाँसम्म आइपुगेका केशवले काठमाडौंमा घर जग्गाको बन्दोबस्त राम्रै गरेका छन् । जीवनका हरेक खुड्किलालाई त्यतिकै महत्वका रुपमा लिनुपर्ने उनी बताउँछन् ।
ठूलठूला योजना बनाएर अरुलाई ठग्नु भन्दा आफ्नै काम गरेर पसिना वगाउनुमा नै श्रेयस्कर हुने उनको बुझाई छ ।
दुख वाट नै सुख प्राप्ति हुने उनको बुझाई छ । त्यसका लागि निरन्तरता पक्कै आवश्यक छ । सोही निरन्तरता र लगनशीलताले केशवको जीवन यो परिवर्तन ल्याएको हो । बिभिन्न कम्पनीका मालिक केशव सापकोटा सङ्घर्षलाई नै सफलताको पहिलो शर्त मान्छन् । गलत धन्दा भन्दा पनि निरन्तरत सानै काम गरेपनि सफल हुने उनको बिश्वास छ । भन्छन्, ‘मेहनत र निरन्तर सङ्घर्षको बलमा नै संसारमा हरेक चीजको विकास सम्भव भएको हो । अवसर र चुनौति बराबरी छन् ।’
हुन त चुनौतिको सामना गर्न सकिएन भने निश्चय नै सफलता हात पार्न सकिदैन भन्छन् केशव । विदेश गएर गर्नुपर्ने काम नेपालमै गर्न सके पनि सम्पन्न वन्न सकिने उनको तर्क छ । विदेशमा जे काम पनि गर्न तयार हुने तर, नेपालमा चाहिँ कामलाई सानो र ठूलोमा बर्गिकरण गर्ने परिपाटीले पनि समस्या आएको उनले वताए ।

सम्बन्धित शीर्षकहरु
मध्यपूर्वमा एक हप्तादेखिको तनावका कारण त्यहाँ रहेका नेपाली र उनीहरूका आफन्त त्रासमा
शुक्रबार, फाल्गुन २२, २०८२-
सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्मा..
बिहिबार, बैशाख २४, २०८३ -
श्रीलङ्कामा साइबर अपराधविरुद्धको पछिल्लो कारबाहीमा २३१ विदेशी..
बिहिबार, बैशाख २४, २०८३ -
काठमाडौंमा सुकुम्वासी बस्ती खाली गर्दा १५ हजार..
बिहिबार, बैशाख २४, २०८३ -
सचिव र मन्त्रीका सल्लाहकार मिलेर मापदण्ड नै..
बिहिबार, बैशाख २४, २०८३ -
संवैधानिक परिषद्को बैठक आज बस्दै : अवको..
बिहिबार, बैशाख २४, २०८३
-
सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्मा..
बिहिबार, बैशाख २४, २०८३ -
श्रीलङ्कामा साइबर अपराधविरुद्धको पछिल्लो कारबाहीमा २३१ विदेशी..
बिहिबार, बैशाख २४, २०८३ -
काठमाडौंमा सुकुम्वासी बस्ती खाली गर्दा १५ हजार..
बिहिबार, बैशाख २४, २०८३ -
सचिव र मन्त्रीका सल्लाहकार मिलेर मापदण्ड नै..
बिहिबार, बैशाख २४, २०८३ -
संवैधानिक परिषद्को बैठक आज बस्दै : अवको..
बिहिबार, बैशाख २४, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३ -
२ वटा अध्यादेश जारी गर्न सरकारद्वारा राष्ट्रपतिसमक्ष..
मङ्लबार, बैशाख १५, २०८३



