

-
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना भाइरसको सङ्क्रमण नदेखिएको अमेरिकी स्वास्थ्य अधिकारीहरुले बताएका छन् । राष्ट्रपति ट्रम्पले कोरोना सङ्क्रमित रहेका व्यक्ति संलग्न केही कार्यक्रममा सहभागी भएका कारण उहाँमाथि पनि कोरोना सङ्क्रमण भएको आशंका गरिएको थियो । खासगरी कोरोना सङ्क्रमित ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारो र उहाँको प्रतिनिधिमण्डलका सदस्यहरुको अमेरिकाको फ्लोरिडा भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पसँग भेटवार्ता भएपछि यस्तो शंका गरिएको थियो ।
राष्ट्रपतिको स्वास्थ्य परीक्षणमा संलग्न फिजिसियन सिन कोन्लीले राष्ट्रपति ट्रम्पले स्वास्थ्य परीक्षण गर्न स्वीकार्नु भएको र रिपोर्टमा कोरोना सङ्क्रमण नदेखिएको बताउनुभयो ।संयुक्तराज्य अमेरिकामा कोराना सङ्क्रमणबाट कम्तीमा ५१ जनाको मृत्यु भएपछि राष्ट्रपति ट्रम्पले स्वास्थ्य आपतकाल घोषणा गर्नु भएको छ । देशभरका स्कुल र कलेजहरु बन्द गर्नुका साथै लाखौं मानिसलाई घरबाटै काम गर्न भनिएको छ ।
अमेरिकी शहर न्यूयोर्कमा शनिबार एक व्यक्तिको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । यहाँ डिपार्टमेन्टल स्टोरमा सामानको अभाव हुनुका साथै शनिबार मानिसहरु सामान खरिद गर्न तँछाडमछाड गरेका दृश्य देखिएको छ ।उपराष्ट्रपति माइक पेन्सले संयुक्तराज्य अमेरिका भ्रमण गर्न चाहनेहरुका लागि थप कडाई गर्नु परेको बताउनु भएको छ । उहाँले मङ्गलबारदेखि लागू हुने गरी बेलायत र आयरल्यान्डमाथि पनि यात्रा प्रतिबन्धको घोषणा गर्नु भयो । अब कुनै पनि युरोपेली मुलुकबाट अमेरिका यात्रा गर्न नपाइने अवस्था सिर्जना भएको छ ।
अमेरिकी विमानस्थलमा यात्रुहरुमाथि कडा जाँच गर्नु परेका कारण विमानस्थलहरुमा भिडभाड देखिएको छ । मानिसहरुलाई सम्पूर्ण जाँच प्रक्रिया पूरा गर्न घण्टौ लाइनमा बस्नु परेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोनाको प्रसार तिब्र भएलगत्तै आपतकालको घोषणा गर्नुका साथै विपद राहतका लागि ४० अर्ब अमेरिकी डलरको राहत घोषणा गर्नु भएको छ ।
अमेरिकी संसदले पनि निःशुल्क भाइरस परीक्षण गर्न तथा आपतकालीन तलबी बिरामी बिदा र पारिवारिक बिदाका लागि उक्त रकमबाट व्यवस्था गर्ने गरी राष्ट्रपतिको प्रस्तावलाई अनुमोदन गरेको छ । उक्त प्रस्तावलाई सिनेटले पनि अनुमोदन गर्ने विश्वास गरिएको छ । कोरोना सङ्क्रमणका कारण विश्वका १३७ देशका ५ हजार ८०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । रासस/एएफपी
News Desk 0 response आइतवार, चैत्र २, २०७६

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



