

-
वासिङ्टन । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले बुधबार इरान विरुद्ध सैनिक प्रयोग गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको अधिकार कटौती गर्ने एक प्रस्तावलाई पारित गरेको छ । उक्त प्रस्तावलाई राष्ट्रपति ट्रम्पले अस्वीकार गर्न सक्ने ह्वाइट हाउसका अधिकारीहरुले बताएका छन् । संसदमा भएको मतदानमा राष्ट्रपतिको अधिकार कटौती सम्बन्धी प्रस्तावको पक्षमा २२७ र विपक्षमा १८६ मत परेको थियो । डेमोक्रेटिक पार्टीको बहुमत रहेको तल्लो सदनमा सांसदहरुले पार्टी लाइन अनुसार नै मतदान गरेका थिए ।
तल्लो सदनले पारित गरेको उक्त प्रस्तावमा कङ्ग्रेस (संसद) को स्वीकृति बेगर इरान विरुद्ध अमेरिकी फौज परिचालन गर्न नपाइने उल्लेख छ । यस्तै प्रस्ताव रिपब्लीकन पार्टीको बहुमत रहेको सिनेटले गत महिना पारित गरेको थियो ।
जानकारहरुका अनुसार राष्ट्रपतिले संसदबाट पारित प्रस्ताव विरुद्ध विशेषाधिकार (भिटो) प्रयोग गर्न सक्ने र राष्ट्रपतिको विशेषाधिकारलाई नकार्न संसदमा डेमोक्रेटिक पार्टीको पर्याप्त मत छैन । इरानी सैनिक कमान्डर कासिम सुलेमानी इराकको बग्दादमा अमेरिकी कारबाहीमा मारिएपछि इरान र अमेरिकाबीचको तनाब शिखरमा पुगेको छ । उक्त घटना भएको दुई महिनापछि नै अमेरिकी संसदमा इरान विरुद्ध सैनिक कारबाही गर्नुअघि संसदको अनुमोदन लिनुपर्ने गरी प्रस्ताव पारित गरिएको छ । रासस/सिन्ह्वा
News Desk 0 response बिहिबार, फाल्गुन २९, २०७६

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



