

-
बेरूत । रुस र टर्कीबीच उत्तरी सिरियाको इद्लिब प्रान्तमा शुक्रबारबाट युद्धविराम लागू भएको छ । मानवीय सहायताको खाँचो पर्नसक्नेगरी आपतकाल फैलाउने र उनीहरूका सेनाबीच झडप हुने डर बढाउने अवस्था रहेकाले पछिल्लो समयमा जारी रहेका झडपहरुलाई पनि रोक्ने उद्देश्यले शुक्रवारदेखि युद्धविराम लागू भएको जनाइएको छ ।
सिरियाको उत्तरपश्चिमी प्रान्त इद्लिबमा हिंसा बढेपछि रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र टर्की समकक्षी रेसेप तायिप एर्डोगानबीच यो सम्झौता भएको समाचारमा जनाइएको छ ।
उत्तरपश्चिमी सिरियामा आङ्कराले मस्कोको समर्थनमा रहेका सरकारी सेनासँग संघर्ष गरिरहेका थिए । यस प्रान्तमा जारी रक्तपातको कारण करिब १० लाख नागरिक आफ्नो घर छोडेर भागेका छन् । जारी हिंसाको कारण दर्जनौं टर्की सेना मारिएका बताइएको छ ।पुटिन र एर्डोगानबीच ६ घण्टा भन्दा बढी समय वार्तापछि शुक्रबार मध्यरातदेखि युद्धविरामका लागि सहमति भएको बताइएको थियो । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले यो सम्झौताले पश्चिमी सिरियामा नागरिकहरूको सुरक्षा सुनिश्चित गर्ने र दुश्मनीलाई तत्काल र चिरस्थायी समाप्तिमा पु¥याउने आशा व्यक्त गर्नुभएको उहाँका प्रवक्ताले बिहीबार प्रकाशित एक विज्ञप्तिमा बताउनु भएको छ ।
मध्यराति भन्दा केही समयअघि मात्र बम विष्फोट भएको सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जनाइएको छ । युद्धविराम लागू भएपछि यस क्षेत्रमा सामान्यतया शान्त रहेको पनि अब्जरभेटरीले जानकारी दिएको छ । बेलायतस्थित प्रमुख कार्यालय रहेको यस मानवअधिकारवादी समूहले रुस र सिरियाली हवाई हमलाहरू रोकिएको जनाएको छ । तर इद्लिबको सीमावर्ती अलेप्पो र हमाको इलाकामा जिहादीहरूको नियन्त्रणमा रहेको इलाकामा विद्रोही समूहको स्थितिमा सिरियाली सरकारी सुरक्षाबल गोलाबारी गरेको जनाइएको छ ।
सिरियाको नौ वर्षको गृहयुद्धको क्रममा विद्रोही गढ इद्लिबको अवस्था नाजुक भएको थियो । किनकि पहिलो पटक राष्ट्रपति बसर अल असादको फौजको बिरूद्ध प्रत्यक्ष आक्रमण भएको थियो । संयुक्त प्रेस सम्मेलनमा यस सम्झौताले इद्लिबमा लडाई समाप्त गर्ने राम्रो आधारको रुपमा काम गर्ने राष्ट्रपति पुटिनले बताउनु भएको छ ।
टर्कीले दमासकसको कुनै पनि हमलाबिरूद्ध आफ्नो सम्पूर्ण शक्तिसँग बदला लिने अधिकार सुरक्षित गरेको एर्डोगानले बताउनु भएको छ । सम्झौताले उत्तरी सिरियाको कि एम४ राजमार्गमा सुरक्षा मार्ग पनि निर्माण गर्नेछ, जहाँ टर्की र रूसी सेनाले मार्च १५ देखि संयुक्त गस्ती सुरु गर्नेछन् ।
सिरियामा सन् २०११ को मार्च महिनापछि यहाँका राष्ट्रपति बसर अल असदको राजिानामा माग गर्दै शुरु भएको आन्दोलन केही समयपछि गृहयु्द्धमा परिणत भयो । यस युद्धमा सो समयदेखि हालसम्म ३ लाख ७० हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।लाखौँ व्यक्ति घाइते भएका छन् भने अरु लाखौं आफ्नै देश र छिमेकमा पर्ने देशहरुमा शरणार्थीका जीवन विताइरेहका छन् । यसैक्रम सिरियामा जारी युद्धको कारण करिब ३६ लाख व्यक्ति टर्कीमा शरणार्थी जिवन यापन गरिरहेका छन् । रासस/एएफपी
News Desk 0 response शुक्रबार, फाल्गुन २३, २०७६

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



