

-
कास्टानिज । ग्रीसले यही मार्च १ तारिखपछि अवैध रुपमा ग्रीस प्रवेश गरेका आप्रवासीलाई उनीहरु आएकै स्थानतर्फ फर्काउने जनाएको छ । उनीहरु छिमेकी मुलुक टर्कीको सेरेजबाट बिना इजाजत ग्रीस प्रवेश गरेका थिए । ग्रीसका आप्रवास मन्त्री नोटिस मिटाराचीले रातिको समयमा लुकिछिपी ग्रीस प्रवेश गरेका उनीहरु सबैलाई पक्राउ गरी उनीहरुकै देशतर्फ फर्काइने जानकारी दिनुभयो ।
टर्कीले गत फेब्रुअरी २८ मा आफ्नो भूमिमा लामो समयदेखि रहेबसेका आप्रवासीमध्ये टर्की प्रवेश गर्न चाहनेमाथि कुनै कारबाही नगर्ने वा नरोक्ने घोषणा गरेको थियो । यही मौकामा कम्तीमा १० हजार व्यक्ति ग्रीस प्रवेशका लागि सीमा क्षेत्रमा भेला भएका थिए । युरोपेली यूनियनसँग टर्कीले सन् २०१६ मा गरेको सम्झौतामा यी आप्रवासीलाई ग्रीस वा यूरोपेली मुलुकमा अवैध प्रवेश गर्न नदिने उल्लेख थियो ।
यहीबीच टर्कीले आप्रवासीमाथि खुकुलो नीति लिएसँगै सयौं व्यक्ति ग्रीस प्रवेश गरिसकेका छन् । उनीहरुमध्ये अधिकांश सामुद्रिक मार्ग हुँदै ग्रीसको लेसबोस पुगेका छन् भने केही व्यक्ति ग्रीसका अरु द्वीपमा पुगेका छन् । टर्की र ग्रीसले पछिल्लो समय एकअर्कामाथि आप्रवासीमाथि ज्यादती गरेको आरोप लगाइरहेका छन् । सीमा क्षेत्रमा भेला भएका आप्रवासीमाथि दुबै देशका सुरक्षाकर्मीले बल प्रयोग गर्नु परेको छ ।
अथेन्स न्यूज एजेन्सीसँग कुरा गर्दै ग्रीसका आप्रवास मन्त्री मिटाराचीले भन्नुभयो, “हाम्रो उद्देश्य अवैध आप्रवासीलाई उनीहरुकै देश फर्काउनु हो ।” उहाँले सन् २०१९ को जनवरी १ भन्दा अघि ग्रीस प्रवेश गरेका र विभिन्न द्वीपमा छरिएर बसिरहेका आप्रवासीलाई आगामी दिनमा एकै थलोमा ल्याइने पनि बताउनुभयो ।
ग्रीसले गत मार्च १ मा आप्रवासका लागि आवेदन दिए पनि कुनै पनि निवेदनलाई स्वीकार नगरिने घोषणा गरेको थियो । तर ग्रीसको उक्त कदमप्रति विभिन्न मानव अधिकार संस्थाहरुले आलोचना गरेका छन् । ग्रीसको लेसबोसमा यसअघि नै २० हजारभन्दा बढीले आश्रय लिइरहेका छन् ।
टर्कीले सीमा क्षेत्रमा गोली चलाउँदा एक जना आप्रवासीको मृत्यु भएको र अरु पाँच जना घाइते भएको आरोप लगाएको छ, तर ग्रीसले उक्त आरोपको खण्डन गरेको छ । ग्रीसका अनुसार टर्कीको प्रहरीले अश्रुग्यास प्रहार गरी आप्रवासीलाई ग्रीसको सीमाभित्र प्रवेश गराउन मद्दत गरिरहेको छ ।
सिरियाको इड्लिबमा रसिया समर्थित सिरियाली हवाई आक्रमणमा टर्कीका ३३ जना सैनिक मारिएपछि पछिल्लो सङ्कट उत्पन्न भएको हो । इड्लिबमा जारी सिरियाली बम हमला रोक्न युरोप र अमेरिकाले पर्याप्त ध्यान नदिएको टर्कीको आरोप छ । रासस/एएफपी
News Desk 0 response बिहिबार, फाल्गुन २२, २०७६

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



