

-
काबुल । अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले सात दिने आंशिक युद्धबिराम जारी रहने बताउनु भएको छ । तर उहाँले अमेरिका–तालिबानबीच सम्पन्न नयाँ सम्झौताको प्रमुख अंशका रुपमा रहेको हजारौं तालिबानी विद्रोही बन्दीहरुलाई रिहा गर्ने निर्णय अफगान सरकारलाई अस्वीकार्य रहेको बताउनुभयो । शनिबार दोहामा अमेरिका र तालिबानबीच सम्पन्न ऐतिहासिक सम्झौतामा हस्ताक्षर हुनुअघिको हप्तासम्म “हिंसामा कमी” आएको थियो ।
सम्झौतामा मुख्य रुपमा अमेरिकी समेत सबै विदेशी सैनिक १४ महिनाभित्र स्वदेश फर्किने उल्लेख छ । यसको बदलामा तालिवानले धेरै प्रतिज्ञाहरूलाई सम्मान गर्नु पर्नेछ भने अझ विस्तृत शान्ति सम्झौताका लागि काबुलसँग वार्ता गर्नु पर्नेछ । “पूर्ण युद्धविरामको अवस्था सिर्जना गर्न हिंसामा कमी आउनु पर्नेछ,” काबुलमा आयोजित पत्रकार सम्मेलनमा घानीले भन्नुभयो ।
“जनरल स्कट मिलरले तालिवानलाई यही गर्न सल्लाह दिनु भएको छ । यो अवस्थाले निरन्तरता पाउने अपेक्षा गरिएको छ,” अफगानिस्तानमा तैनाथ विदेशी सेनाका संयोजक अमेरिकी कमाण्डरतर्फ देखाउँदै राष्ट्रपति घानीले भन्नुभयो ।तर, शान्तिको मार्गमा गतिरोध ल्याउन सक्ने एउटा बुँदातर्फ ध्यानाकर्षण गर्दै घानीले सम्झौताका शर्तहरु निकै विवादस्पद रहेको बताउनुभयो । सम्झौताको एउटा धारामा तालिबानले बन्धक बनाएका १ हजार सरकारी सैनिक र सरकारी कारागारमा थुनिएका करिब ५ हजार तालिबानी लडाकूलाई रिहा गर्नुपर्ने उल्लेख छ ।
“पाँच हजार तालिबानी बन्दीलाई रिहा गर्ने प्रतिबद्धतामा अहिल्यै सहमत हुन सकिन्न,” घानीले भन्नुभयो । “यो अफगानिस्तानका जनताको अधिकार र आत्मनिर्णय हो । यस विषयलाई अन्तर–अफगान वार्ताको समयमा एक एजेन्डा बनाउनु पथ्र्यो, र वार्तामा यसलाई पूर्व शर्तका रुपमा लिन सकिन्न ।” उहाँले कुनै पनि बन्दी रिहाई गर्ने कुरा “अमेरिकी अधिकारको विषय होइन, यो अफगान सरकारको अधिकार क्षेत्रभित्रको कुरा हो” भन्नुभयो ।
राष्ट्रपति घानी तालिवान र अफगान सरकारबीच हुने वार्तातर्फ सङ्केत गर्दै हुनुहुन्थ्यो । यो वार्ता पनि अमेरिका–तालिबानबीचको सम्झौताको एक हिस्साको रूपमा स्वीकार गरिएको छ । तालिबानीले अहिलेसम्म घानीको प्रशासनसँग वार्ता गर्न अस्वीकार गरिरहेको थियो । उनीहरूले अफगान सरकारलाई अमेरिकी कठपुतली शासनको रूपमा लिएका थिए ।
राष्ट्रपति घानीको बन्दी रिहाइसम्बन्धी प्रश्नले आगामी दिनहरु निकै कठिन हुने सङ्केत गरेका छन् । महिनौं ढिलाई गरेर गत साता घोषणा गरिएको घानीको राष्ट्रपति पदमा पुनः विजयलाई अमेरिकाले अझै मान्यता दिएको छैन भने मुख्य प्रतिस्पर्धी अब्दुल्लाअब्दुल्लाले पनि चुनावमा धाँधली भएको आरोप लगाउँदै घानीलाई अस्वीकार गर्ने यसअघि नै घोषणा गरिसक्नु भएको छ । रासस/एएफपी
News Desk 0 response आइतवार, फाल्गुन १८, २०७६

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



