

-
अङ्कारा । सिरियाको इड्लिब प्रान्तमा सिरियाली सेनाले गरेको सम्भावित हवाई कारबाहीमा कम्तीमा ३३ जना टर्केली सैनिकको मृत्यु भएको छ । इड्लिबमा व्यापक युद्धको जोखिम बढिरहेको समयमा भएको उक्त आक्रमणप्रति संयुक्तराज्य अमेरिका र राष्ट्रसंघले आपत्ति जनाएका छन् ।
टर्कीको हाटेका गभर्नर राहमी डोगानले टर्कीका दर्जनौं सेनिक घाइते भएका र उनीहरुलाई उपचारका लागि टर्की लैजाने तयारी भइरहेको जानकारी दिनुभयो । सिरियाको इड्लिब टर्कीसँग सीमा जोडिएको क्षेत्र हो ।
इड्लिबमा केही हप्तादेखि टर्की समर्थित लडाकू र मस्को समर्थित सिरियाली सेनाबीच जारी भिषण युद्धमा ठूलो जनधनको क्षति पुगेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफानी डुजारिकले तत्कालै हस्तक्षेप नगरिए इड्लिबमा अझ बढी जनधनको क्षति हुन सक्ने बताउनुभयो । महासचिव गुटेरेसले तत्काल युद्धबिराम गर्न आग्रह पनि गर्नु भएको छ ।
अमेरिकी विदेश मन्त्रालयका एक जना प्रवक्ताले आफूहरु नेटोको सदस्य राष्ट्र टर्कीको पक्षमा रहेको बताउँदै सिरियाली सेना, रसिया र इरान समर्थित लडाकूलाई इड्लिबमा जारी कारबाही रोक्न आग्रह गर्नु भएको छ । नेटो प्रमुख जेन्स स्टोलटेन्बर्गका प्रवक्ताले पनि हिंसात्मक कारबाही तत्काल रोक्न र शान्तिको वातावरण बनाउन आग्रह गर्नु भएको छ ।
टर्कीले इड्लिबमा रहेका आफ्ना सैनिक निरीक्षण पोस्टबाट सेना फिर्ता गर्न सिरियाली सरकारलाई आग्रह गरेको छ । तर रसियाले सिरियाभित्रका आतंकवादीलाई टर्कीले सहयोग गरिरहेको आरोप लगाएको छ ।
टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानले इड्लिबमा ठूलो संख्यामा आफ्ना सेना मारिएलगत्तै आपतकालीन बैठक डाक्नु भएको थियो । राष्ट्रपतिका प्रेस सल्लाहकार फाहरेटिन आल्तुनले टर्कीको सेनाले पनि प्रतिरक्षात्मक कारबाही गरेको बताउनुभयो ।
यसै महिनाभित्र टर्कीका सेनालाई लक्षित गरी भएका आक्रमणबाट ५३ जना टर्केली सेनाको मृत्यु भइसकेको छ । इड्लिब संकटका बारेमा टर्कीले कूटनीतिक सक्रियतालाई तिब्र पारेको छ । टर्कीका राष्ट्रपतिका प्रवक्ता इब्राहिम कालिनले अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्रायनलाई टेलिफोन गरी पछिल्लो परिस्थितिका बारेमा अवगत गराउनु भएको छ । रासस/एएफपी
News Desk 0 response शुक्रबार, फाल्गुन १६, २०७६

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



