

-
स्विटरल्याण्डको डाभोसमा भएको वल्र्ड इकोनोमिक फोरमको वार्षिक बैठक शुक्रबार सकिएको छ ।
त्यो बैठकमा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंको ‘सेक्सी स्टाइल’को शैली र उनले लगाएको चश्माले भने विश्वभर चर्चा मात्र पाएको छैन, उक्त चश्मा बनाउने कम्पनीको शेयर मूल्यमा उछाल आएको छ ।
म्याक्रोंले निलो सनग्लास लगाएका थिए र त्यो लगाउँदा उनी हलिउडका ‘सेक्सी एक्सन हिरो’ जस्तै देखिएका थिए । उनको त्यो ‘लुक्स’ले सामाजिक सञ्जालमा यति धेरै चर्चा पायो कि मानिसहरुले उक्त चश्मा निर्माता कम्पनीको सोधिखोजी गर्न थाले । जब उक्त चश्मा म्याक्रोंको आफ्नै देश फ्रान्सको लक्जरी आइवियर ब्रान्ड कम्पनी आईभिजन टेक अन्तर्गतको हेनरी जलियन ब्रान्डको हो भन्ने पत्ता लाग्यो, उक्त कम्पनीको शेयरमा उछाल आउन थाल्यो । बिहीबार यस कम्पनीको शेयरमा जबरजस्त वृद्धि देखियो र शेयरमा करिब २८ प्रतिशतले वृद्धि भएको थियो ।
कम्पनीका अनुसार राष्ट्रपति म्याक्रोंले हेनरी जुलियनको एस ०१ मोडल लगाएका थिए, जसको मूल्य वेबसाइटमा करिब ६५० युरो (नेपाली रुपैयाँ १ लाख १२ हजार) रहेको छ । कम्पनीका सीईओ स्टेफानो फुलचिरले म्याक्रोंको यो लुकका कारण लगानीकर्ताको ध्यान आकर्षित भएको र आफ्नो कम्पनीको शेयरमा अहिलेसम्मकै सबैभन्दा ठूलो उछाल आएको स्वीकार गरे ।
शेयरमा भएको यो वृद्धिपछि आइभिजन टेकको बजार पुँजीकरण करिब ३।५ मिलियन युरोले बढेको छ । कम्पनीका सीईओले भने कि उनले तुरुन्तै राष्ट्रपति म्याक्रोंलाई यो सनग्लास पहिचान गरे र दावी गरे कि २०२४ मा उनले आफैंले यो चश्मा म्याक्रोंलाई पठाएका थिए । यसअघि बुधबार मिलान स्टक एक्सचेन्जमा कारोबार बन्द हुनुअघि कम्पनीको शेयर मूल्य करिब ६ प्रतिशतले बढेको थियो ।
यता चश्माको बारेमा हल्लाखल्ला भएपछि राष्ट्रपति म्याक्रोंले कुनै फेसन स्टेटमेन्टका लागि नभई मेडिकल कारणले चस्मा लगाएको स्पष्ट पारेको छ । कार्यालयका अनुसार म्याक्रोंको आँखाको नसा फुटेको थियो, जसका कारण उनले सनग्लास लगाउनु परेको थियो ।
News Desk 0 response शुक्रबार, माघ १०, २०८२

सम्बन्धित शीर्षकहरु
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध नयाँ उचाइमा, आणविक मुद्दामा मौनता
बुधबार, जेष्ठ २७, २०८३
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३ -
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३
-
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३ -
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३



