

-
युरोपेली संघ (ईयु)ले खर्बपति अमेरिकी उद्यमी एलन मस्कको सोशल मिडिया प्लेटफर्म एक्सलाई डिजिटल पारदर्शिता नियमहरू उल्लङ्घन गरेको आरोपमा १२० मिलियन युरो (१४० मिलियन डलर) जरिवाना लगाएको छ ।
यो घटनापछि युरोपेली देशहरुले ईयुले ठीक निर्णय गरेको भन्दै खुसी व्यक्त गरेका छन् भने अमेरिकाले भने कडा आपत्ती जनाउँदै अब युरोपियन युनियनसँगको सम्वन्ध थप विग्रन सक्ने चेतावनी दिएको छ ।
बेल्जियमको राजधानी ब्रसेल्समा मुख्य कार्यालय रहेको ईयुले स्थानीय समय अनुसार शुक्रबार साँझपख मस्कको कम्पनी एक्सलाई उक्त जरिवाना तोके लगत्तै अमेरिकाले कडा आपत्ती जनाएको हो । अमेरिकाले मस्कको एक्स कम्पनीको वाहानामा ईयुले अमेरिकी कम्पनीहरुमाथि नै प्रहार गरेको र यस्ले युरोपेली देशहरुमा रहेका अमेरिकी उद्यमी व्यवसायीलाई आतँकित बनाउने दावी गरेको छ ।
ईयुका प्रविधि प्रमुख हेन्ना विर्कुनेनले इयुको उक्त निर्णय सेन्सरसिप भएकोमा अस्वीकार गर्दै ‘गलत गर्नेहरु जतिसुकै शक्तिशाली भए पनि दण्डित हुन्छन् र कानुन सबैको लागि बराबर हुन्छ भन्ने कुराको प्रमाण’ भएको दावी गरेकी छन्। उनले निलो चेकमार्कको साथ प्रयोगकर्ताहरूलाई धोका दिने, अपुष्ट र भ्रमपूर्ण विज्ञापनहरूलाई ईयुका सदस्य देशहरुमा कुनै स्थान नभएको दावी गरेकी छन् ।
त्यस्तै फ्रान्सका प्रविधि मन्त्री एनीले हेनान्फले यसलाई ‘ईयुले गरेको अहिलेसम्मकै शानदार घोषणा’ भएको बताएका छन् भने जर्मनीका प्रविधि मन्त्री, कार्स्टन वाइल्डबर्गरले ‘ईयु कसैको दबाबमा नपरी आफ्नो निर्णय गर्न सक्षम छ’ भन्ने पुष्टि भएको बताएका छन् ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इयुले एक्सलाई तोकेको उक्त जरिवानालाई सबै अमेरिकी प्रविधि प्लेटफर्म र अमेरिकी जनतामाथि विदेशी सरकारले गरेको आक्रमण भन्दै त्यो सहन नसकिने खालको भएको बताएका छन्।
रुबियोको पोस्टमा टिप्पणी गर्दै इलन मस्कले लेखेका छन्, —बिल्कुल ।
News Desk 0 response आइतवार, मंसिर २२, २०८२

सम्बन्धित शीर्षकहरु
-
दशैँका लागि देशभर रुट परमिट खुला
आइतवार, अशोज २५, २०८३ -
पहिरोले नदी थुनिएर फुट्दा बूढीगण्डकीमा बाढी आएको..
आइतवार, अशोज २५, २०८३ -
बूढीगण्डकी बाढी आएपछि पाँचजना सम्पर्कविहीन
आइतवार, अशोज २५, २०८३ -
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
शनिबार, अशोज २४, २०८३ -
भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको..
शुक्रबार, अशोज २३, २०८३
-
दशैँका लागि देशभर रुट परमिट खुला
आइतवार, अशोज २५, २०८३ -
पहिरोले नदी थुनिएर फुट्दा बूढीगण्डकीमा बाढी आएको..
आइतवार, अशोज २५, २०८३ -
बूढीगण्डकी बाढी आएपछि पाँचजना सम्पर्कविहीन
आइतवार, अशोज २५, २०८३ -
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
शनिबार, अशोज २४, २०८३ -
भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको..
शुक्रबार, अशोज २३, २०८३
-
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३


