

-
सियोल । कोरोना भाइरसबाट प्रभावित चिनियाँ शहर उहानबाट १४७ जना दक्षिण कोरियालीलाई बिमानबाट उद्धार गरिएको छ । बुधबार सियोल आइपुगेकाहरुमा १४७ जना कोरियाली नागरिक, उनीहरुका चिनियाँ पति वा पत्नी तथा परिवारका सदस्यहरू रहेका छन् । तीमध्ये ६ जनामा कोरोना भाइरसको लक्षण देखिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।
उद्धार गरिएका व्यक्तिहरु चढेको चार्टर्ड बिमान बिहान ६ बजे पश्चिमी सियोलको गिम्पो अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो । कोरोना भाइरसको लक्षण देखिएका यात्रुहरूलाई थप मेडिकल जाँच र उपचारका लागि नजिकको अस्पतालमा पठाइएको थियो । बाँकी यात्रुहरुलाई सियोलको बाहिरी इलाकामा बनाइएको अस्थायी शिविरमा राखिएको छ ।
दक्षिण कोरियामा एक दर्जनभन्दा बढीमा कोरोना भाइरस देखिएको पुष्टि भइसकेको छ । चीनको उहानमा घातक कोरोना भाइरसका कारण मानिसहरु बिरामी हुनेक्रम जारी रहेपछि १५ दिनभित्रै दुई उडानबाट ७०१ जनाको उद्धार गरिएको छ ।
तेस्रो उडानका यात्रुहरूमध्ये करिब ६० जना चिनियाँ नागरिक छन् । उनीहरु दक्षिण कोरियाली परिवारका सदस्य रहेको र उनीहरुलाई चिनियाँ अधिकारीहरूको स्वीकृति लिएर उडानमा समावेश गरिएको हो ।
सियोलले पछिल्लो उडानमा ७० जना चिनियाँ सहित १७० जनालाई कोरिया ल्याउने योजना बनाएको थियो । तर सबै व्यक्ति बिमानमा किन आएनन् भन्ने अन्यौल नै छ ।
उद्धार गरिएका व्यक्तिहरुलाई सियोलबाट करिब ८० किलोमिटर टाढाको इन्चोनमा १४ दिनसम्म अस्थायी शिविरमा राखिने अधिकारीहरुले बताएका छन् । अझै पनि उहानमा कबिर १०० जना दक्षिण कोरियालीहरू रहेको विश्वास गरिएको छ ।
दक्षिण कोरियामा दुई दर्जन भन्दा बढी व्यक्तिमा कोरोना भाइरस रहेको पत्ता लागिसकेको छ अद्यापी कुनै पनि व्यक्तिको आजसम्म मृत्यु भएको छैन । चीनमा भने भाइरसका कारण मृत्यु हुनेको संख्या १ हजार १०० पुगिसकेको छ भने ४४ हजारमा संक्रमण देखिएको छ । रासस/योनहाप
News Desk 0 response बुधबार, माघ २९, २०७६

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



