

-
अल्माटी, कजाकस्तान । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा करिब एक वर्ष बिताएर एक अमेरिकी महिला अन्तरिक्ष यात्री क्रिस्टिना कोच बिहीबार पृथ्वीमा अवतरण गर्नु लाग्नु भएको छ । उहाँ सबैभन्दा बढी समय अन्तरिक्ष केन्द्रमा बिताउने पहिलो महिला अन्तरिक्ष यात्री हुनुहुन्छ ।
अमेरिकी अन्तरिक्ष संस्था (नासा)की ४१ वर्षीया इन्जिनियर कोच कजाकस्तानमा अरु दुई अन्तरिक्ष यात्री सहित अवतरण गर्न लाग्नु भएको नासाले जनाएको छ । अन्य दुई सदस्यमा युरोपेली अन्तरिक्ष निकायका लुका पार्मिटानो र रसियाका अलेक्जान्डर स्केभोर्सोभ रहनुभएको छ । उहाँहरु अन्तरिक्ष केन्द्रमा ३२८ दिन रहनु भएको थियो ।
कोचले गत अक्टोबरमा नासाकै सहकर्मी जेस्सिका मायरसँग मिलेर अन्तरिक्ष केन्द्र बाहिर हिँड्नु (स्पेसवाक) भएको थियो । कुनै महिलाले अन्तरिक्षमा हिँडेको यो पहिलो अवसर पनि हो । हालसम्म चार जना अन्तरिक्ष यात्रीले मात्र एक वर्ष वा सोभन्दा बढी अवधि अन्तरिक्षमा बिताएका छन् । रसियाका भ्यालेरी पोल्याकोभले मात्र हालसम्म सर्वाधिक ४३७ दिन अन्तरिक्ष केन्द्रमा बिताउनु भएको छ ।
नासाका अन्तरिक्ष यात्री स्कट केलीले सन् २०१६ मा पृथ्वीमा फर्कनु अघि ३४० दिन अन्तरिक्ष केन्द्रमा बिताउनु भएको थियो । रासस/एएफपी
News Desk 0 response बिहिबार, माघ २३, २०७६

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



