

-
दमौली । तनहुँको भीमाद नगरपालिका–९ धन्धुरस्थित सिद्धगुफाभित्र सेतीकाली साहित्य सङ्गमद्वारा आयोजित २८ औँ काव्य शृङ्खला सम्पन्न भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १०० नयाँ पर्यटकीय गन्तव्यका रुपमा सो गुफालाई सूचीकृत गरेको छ ।
नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन र गुफाको प्रचारप्रसार गर्ने उद्देश्यले गुफाभित्र काव्य शृङ्खला सम्पन्न गरिएको सङ्गमका अध्यक्ष नारायणकैलाश सिग्देलले जानकारी दिनुभयो । “नगर क्षेत्रभित्रका विभिन्न पर्यटकीयस्थलमा पुगेर काव्य शृङ्खला आयोजना गर्दै आएका छाैँ”, उहाँले भन्नुभयो, “यसपटक भने पर्यटकीय गन्तव्यका रुपमा सूचीकृत गुफाभित्रै कार्यक्रम गर्यौँ ।”
साहित्यकार अर्पिता पाण्डे, सुष्मा चालिसे, हरिप्रसाद सुवेदी, हरिबोल लम्साल, दिनानाथ पराजुली, रामशरण गैह्रे, रोशनी थापा, धु्र्रव सुवेदीले कविता, गजल, हाइकुलगायतका सिर्जना वाचन गर्नुभएको थियो । भाषा, संस्कृति, कला र साहित्यको संरक्षण गर्दै सङ्गमले काव्य शृङ्खला गर्दै आइरहेको छ ।
सिद्धगुफा विकास समितिले केही दिनअघि मात्रै नेपाल भ्रमण वर्षको औपचारिक शुरुआत गरेको थियो ।यस क्रममा गुफामा एक लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । गुफा जाने बाटोमा फलामको बारसहितको सिँढी, प्रतीक्षालय, वनभोजस्थल र पार्किङस्थल निर्माण गरिएका छन् । सो मन्त्रालयबाट गत आर्थिक वर्षमा प्राप्त रु ३६ लाख, समितिको रु छ लाख र सहयोगबाट उठेको रु १० लाख गरी रु ५२ लाखको लागतमा पूर्वाधार निर्माण गरिएको छ ।
समितिले विसं २०७० मा गुफाको विकासका लागि गुरुयोजना बनाएको थियो । सोही अनुसार समितिले गुफामा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । समितिले यसअघि जिदीखोलादेखि सिद्धगुफासम्म र सिद्धगुफाबाट चमेरो गुफासम्म पुग्ने एक किमि दूरीमा ढलान सिँढी, सिद्धबाबाको मन्दिर, तीनवटा शौचालय, पानीको दह निर्माण गरिसकेको छ ।
ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्व बोकेको सिद्धगुफा सयौँ वर्षअघि पत्ता लागेको हो । दुई सय मिटर लामो सो गुफामा चार तल्लाको रहेको छ । गुफाको ३० मिटरभित्र पसेपछि पहिलो तलामा ५०० अटाउने ठाउँ छ । दोस्रो तलामा ६० र तेस्रो तलामा ५० मानिस अट्न सकिन्छ । प्रत्येक तलामा सुतेर प्रवेश गर्नुपर्ने यो गुफाको चौथो तल्लाको ढोका भने चुनको रसायनले बन्द भएको छ । रासस
News Desk 0 response सोमवार, माघ २०, २०७६

सम्बन्धित शीर्षकहरु
-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
रुसमाथि युक्रेनको अहिलेसम्मकै ठूलो आक्रमण
बिहिबार, असार ४, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३
-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
यो बर्ष प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै पानी..
बिहिबार, असार ४, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध..
बुधबार, जेष्ठ २७, २०८३ -
दक्षिण अफ्रिकाको जोहानेसबर्गमा गोलीबारी, कम्तीमा १२ जनाको..
बुधबार, जेष्ठ २७, २०८३



