

-
टर्की । टर्कीको पूर्वी क्षेत्रमा शुक्रबार साँझ गएको ६.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको संख्या ३१ पुगेको उद्धारकर्मीहरुले जनाएका छन् । भूकम्पको केन्द्रविन्दु एलाजिग प्रान्तको सानो शहर सिभरिसमा रहेको थियो । तर भूकम्पको धक्का छिमेकी शहरहरुमा पनि महशुस गरिएको थियो ।
टर्कीको विपद तथा आपतकालीन व्यवस्थापन निकाय (आफाड) ले ३१ जनाको मृत्यु भइसकेको पुष्टी गरेको छ । भूकम्पबाट करिब एक हजार ६०७ जना घाइते भएका छन् । उद्धारकर्मीहरु शनिबार र आइतबार दिनरात मानिसहरुको जीवितै उद्धारमा खटिएका थिए । आफाडका अनुसार पछिल्लो पटक ४५ जनालाई उद्धार गरिएको छ ।
भूकम्पबाट करिब ८० वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने ६४५ वटा घरमा ठूलै नोक्सानी भएको छ । टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानले भूकम्प पीडितको उद्धार र पुनस्र्थापनाका लागि सरकारले तत्काल कदम चाल्ने बताउनुभएको छ । उहाँ शनिबार एलाजिगमा आयोजित भूकम्पबाट मृत्यु भएका एक परिवारको दाहसंस्कार कार्यक्रममा सहभागी हुनुभएको थियो । रासस/एएफपी
News Desk 0 response आइतवार, माघ १२, २०७६

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३ -
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३
-
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३ -
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
मङ्लबार, अशोज ६, २०८३



