

-
टोकियो । जापानका प्रधानमन्त्री सिन्जो आबेले मध्यपूर्वमा जारी तनावले आफूलाई गहिरो चिन्ता पारेको बताउनु भएको छ । वासिङ्टन र तेहरानबीचको सम्वन्ध सुधार्नका लागि मध्यस्तकर्ताको रुपमा प्रयास गरिरहनु भएका आबेले सोमबार ‘गहिरो चिन्ता’ व्यक्त गर्नुभएको हो ।
इरानी सैन्य कमाण्डर कासिम सुलेमानी गत हप्ता अमेरिकी हवाई आक्रमणमा मारिएपछि मध्यपूर्वमा तनावपूर्ण अवस्था सृजना भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र तेहरानका सर्वोच्च नेता आयोतुल्लाह अलि खमेनीले एक अर्कालाई कडा चुनौती दिएपछि थप नराम्रो अवस्था सृजना हुनसक्ने आशंका गरिएको छ ।
“मध्यपूर्वमा तनाव बढीरहेको छ, मलाई यसले गहिरो चिन्तामा पारेको छ,” इरानी कमाण्डर सुलेमानी इराकमा मारिएपछिको पहिलो प्रतिक्रियामा आबेले भन्नुभयो ।
उहाँले तनाव न्युनिकरण गर्न आफ्नो तर्फबाट कुटनीतिक पहल गरिरहने पनि बताउनु भएको छ । टोकियो र तेहरानले वर्षौँदेखि कुटनीतिक सम्वन्धलाई सन्तुलित अवस्थामा राखेका छन् । तेहरानसँगको आणविक सम्झौता रद्ध गरेको निर्णय ट्रम्पले गत जुनमा गरेपछि आबेले इरानी सर्वोच्च नेता खामेनी र राष्ट्रपति हसन रोहानीलाई भेट्न इरानको भ्रमण गर्नुभएको थियो । रासस/एएफपी
News Desk 0 response सोमवार, पुस २१, २०७६

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३ -
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३
-
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३ -
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
मङ्लबार, अशोज ६, २०८३



