

-
सुर्खेत । पछिल्लो समय युवा पिँढीमा विदेशिने लहड बढ्दो अवस्थामा छ । रोजगारका निम्ति विदेशिन र अन्ततः समस्याको भारी लिएर फर्किने युवाको पनि कमी छैन । कमाउनका लागि ठूलो आश बोकेर विदेश जाने कतिपय नेपाली युवाको शव आएका घटना पनि नौलो होइन ।
मूलतः रोजगारीकै लागि खाडी मुलुकमा जाने नेपाली युवाले ठूलो दुःख भोग्नु परिरहेको छ । सपना र श्रम बेचेर रित्तो हातमा फर्कनुपर्ने विवशताले युवा निरुत्साहित बन्दै गएका छन् । स्वदेशमा रहने युवा पनि लागुऔषध दुव्यर्सनी सिकार बनिरहेका छन् । स्थल तथा हवाइमार्गबाट लागुऔषध ओसारपसार भइरहेको छ ।
मदिरा तथा लागुऔषधले युवा समाज तहसनहस हुँदै गएको छ । गाउँ शहरमा अधिकांश युवा आपराधिक कर्ममा लागेको पाइन्छ । यद्यपि यो जटिल परिवेशमा भने कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका– १० का दुई युवाले रोजगारीकै लागि विदेश जानुपर्छ भन्ने सोच बदल्ने उत्पे्ररणा जगाएका छन् ।
वीरेन्द्रनगर नगरपालिका– १० सुवर्ण शाही र उत्तम उपाध्यायले रु एक करोडको लगानीमा विएसयु कृषि फार्म स्थापनागरी यही असारदेखि सञ्चालनमा ल्याएका छन् । फार्ममा २० दुहुँना भैँसी, २० पाडापाडी र एक राँगा छ । उक्त फार्मबाट दैनिक २०० लिटर दूध बजारमा निर्यात गर्छ । बजारमा प्रतिलिटर रु ७० दूध बेच्दा दैनिक रु १४ हजार आम्दानी हुने गरेको फार्म सञ्चालक शाहीले बताउनुभयो ।
“हामीले चार बिगाहा क्षेत्रफलको जमीन भाडामा लिएका छौँ”, सञ्चालक शाहीले, “अब अझै १० भैँसी थप्छौँ । कणकनाथ जातका कुखुरा र टर्कीपालन गर्ने तयारीमा पनि छौँ ।” भर्खरै शुरु गरेकाले धेरै आम्दानी नभए पनि भविश्यमा यस फार्मलाई कर्णालीकै नमूना बनाउने उहाँले दाबी गर्नुभयो ।
त्यस्तै अर्का सञ्चालक उत्तम उपाध्यायले फार्मले कन्य च्याउ, तरकारी उत्पादनलाई समेत जोड दिएको बताउनुभयो । एघार जनालाई फार्ममा रोजगारी दिएको बताउँदै उहाँले भावी दिनमा बँदेल, हाँस, बङ्गुरलगायत पशु तथा पक्षीपालन व्यवसायलाई पनि अगाडि बढाउनेगरी कार्ययोजना बनाइरहेको जनाउनुभयो ।
शुरुमा बजार पाउन गाह्रो भए पनि अहिले बजारको मागअनुसार दूध आपूर्ति गर्न धौधौ भएको उहाँको भनाइ छ । नेपियर, जै र वर्षिम जातको घाँस भैँसीका लागि उत्पादन गरेको भन्दै सञ्चालक उपाध्यायले सरकारलाई व्यवसाय प्रवद्र्धनका लागि सहयोग गर्नु अनुरोध गर्नुभयो ।
उक्त कृषि फार्मको आजै कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले अवलोकन गर्नुभएको छ । युवाले नमूना कार्य गरेको भन्दै उहाँले परिश्रमी युवाको व्यवसाय प्रवद्र्धनका लागि अनुदान उपलब्ध गराउन पहल गरिने बताउनुभयो ।
“हामी नमूना युवा व्यवसायीलाई खोजिरहेका छौँ”, मन्त्री केसीले भन्नुभयो, “हामीले बुझेका छौँ । किसानको आफ्नो लगानीले मात्रै सञ्चालन गर्न गाह्रो छ ।” सरकारले ऊर्जाशील युवाका लागि लगानी गर्ने उहाँको भनाइ थियो । रासस
News Desk 0 response बुधबार, पुस ९, २०७६

सम्बन्धित शीर्षकहरु
-
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
इरानी आक्रमणबाट अमेरिकाका २० वटा सैन्य स्थलमा..
सोमवार, जेष्ठ १८, २०८३ -
कृष्णबहादुर महरासँग १ लाख धरौटी माग्ने विशेष..
सोमवार, जेष्ठ १८, २०८३ -
प्रधानमन्त्रीले बोलेको विषय निन्दनीय र घोर आपत्तिजनक..
सोमवार, जेष्ठ १८, २०८३ -
श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा
आइतवार, जेष्ठ १७, २०८३
-
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
इरानी आक्रमणबाट अमेरिकाका २० वटा सैन्य स्थलमा..
सोमवार, जेष्ठ १८, २०८३ -
कृष्णबहादुर महरासँग १ लाख धरौटी माग्ने विशेष..
सोमवार, जेष्ठ १८, २०८३ -
श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा
आइतवार, जेष्ठ १७, २०८३ -
धवलशमशेरले छाडे राप्रपा, नयाँ अभियानमा सहभागी हुन..
आइतवार, जेष्ठ १७, २०८३
-
सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ देखि..
आइतवार, जेष्ठ १०, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३ -
तराईमा तातो हावाको लहर, सतर्कता अपनाउन आग्रह
शनिबार, जेष्ठ ९, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३



