

-
काठमाडौं : श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा पुगेको छ ।
भारतको गोवामा रहेको जवाहरलाल नेहरु रङ्गशालामा आज भएको समूह ‘ए’ को अन्तिम खेलमा नेपालले श्रीलङ्कालाई २–० गोलले हरायो । नेपालका रश्मीकुमारी घिसिङ र कप्तान रेनुका नगरकोटीले गोल गरे ।
यो जीतसँगै नेपाल समूह ‘ए’ को विजेता बनेको छ । नेपालले समूह चरणको पहिलो खेलमा भूटानलाई १–० गोलले हराएको थियो । यस्तै यो समूहबाट भूटान उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । भूटानले श्रीलङ्कालाई ४–० गोलले हराएको थियो ।
प्रतियोगितामा आजै राति पौने ८ बजे भारत र बङ्गलादेश खेल्दैछन् । यो समूहबाट भारत र बङ्गलादेशले माल्दिभ्सलाई हराउँदै सेमिफाइनलमा पुगिसकेका छन् । यो खेलले समूह विजेता निर्धारण गर्नेछ ।
आठौँ संस्करणको साफ महिला च्याम्पियनशिपको फाइनल खेल यही जेठ २३ गते हुनेछ ।
भारतले सबैभन्दा धेरै ५ पटक उपाधि जितेको छ भने बङ्गलादेश पछिल्लो दुई संस्करणको विजेता हो । नेपाल अहिलेसम्म ६ पटक फाइनलमा पुगे पनि अझै उपाधिविहीन छ ।
News Desk 0 response आइतवार, जेष्ठ १७, २०८३

सम्बन्धित शीर्षकहरु
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको दुग्ध विकास संस्थान
शुक्रबार, कार्तिक १४, २०८३-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
गाजाको ७० प्रतिशत भूभाग इजरायली नियन्त्रणमा
बिहिबार, कार्तिक १३, २०८३ -
नेपालमा फेरी इन्धनको मूल्य फेरि बढ्ने संकेत
बिहिबार, कार्तिक १३, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३ -
एनपीएल : पोखरालाई हराउँदै सुदूरपश्चिम विजयी
बुधबार, कार्तिक १२, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपालमा फेरी इन्धनको मूल्य फेरि बढ्ने संकेत
बिहिबार, कार्तिक १३, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३ -
एनपीएल : पोखरालाई हराउँदै सुदूरपश्चिम विजयी
बुधबार, कार्तिक १२, २०८३ -
एन्फा अध्यक्ष र महासचिव धरौटीमा रिहा
बुधबार, कार्तिक १२, २०८३
-
टोरन्टोमा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड..
मङ्लबार, कार्तिक ११, २०८३ -
एनपीएल : विराटनगरलाई ८ रनले हराउँदै चितवनको..
मङ्लबार, कार्तिक ११, २०८३ -
प्रधानमन्त्रीद्वारा एनपीएल तेस्रो सिजनको खेल उद्घाटन
सोमवार, कार्तिक १०, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३


