

-
जापानले यो वर्ष भारतबाट आँप आयात नगर्ने घोषणा गरेको छ ।
भारतीय आँपमा फ्युमिगेशन नामक विषादीको मात्रा उच्च मात्रामा भेटिएको भन्दै जापानले त्यस्तो घोषणा गरेको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।
जापानको प्लान्ट क्वारेन्टाइन अधिकारीहरूले केही समय निरीक्षण भ्रमणको क्रममा भारतीय किसान र स्टोरहरुमा फ्युमिगेसन र सम्बन्धित उपायहरूमा कमजोरी फेला पारेपछि यो कदम चालेको बताइएको छ । फ्युमिगेशन विषालु ग्याँसबाट कीराहरू मार्ने एउटा तरिका हो । निश्चित मात्रामा त्यस्लाई उपयोग गर्न सकिने भए पनि त्यसको लागि विशेष सावधानी अपनाउनु पर्नेमा भारतीय किसान र स्टोरहरुले मनपरिरुपमा प्रयोग गरिरहेको पाइएको बताइको छ । भारतीय आँपमा अन्य विषादीहरु पनि भेटिएको संचारमाध्यहरुले उल्लेख गरेका छन् ।
जापानको कृषि, वन तथा मत्स्य पालन मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन अथोरिटीले भारतबाट आँप खरिद गर्न रोक लगाएको भारतीय व्यवसायीहरुले बताएका छन् । तर यसबारेमा भारत सरकारले भने अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।
विश्वको प्रमुख आँप उत्पादक देश भारतले गत वर्ष करिब ३२ हजार टन आँप निर्यात गरेको थियो । युईए, कतार, बेलायत, कुवेत, बंगलादेश, जापान आदी देश भारतीय आँपका प्रमुख आयातकर्ता हुन् । अहिले जापानको निर्णयले अरु देशलाई पनि असर पार्न सक्ने भएकोले भारतीय व्यवसायी र किसानको लागि थप चिन्तामा परेका छन् ।
खासगरि, गुजरातमा उत्पादन हुने केसर प्रजातिको आँप हरेक वर्ष निकै ठूलो मात्रामा जापान निर्यात हुने गरेको थियो । तर, यो वर्ष भने जापानबाट अर्डरहरु आउन रोकिएको र पहिले गरिएका अर्डरहरु पनि धमाधम रद्ध गर्न थालिएपछि किसान र व्यवसायीहरु तनावमा परेको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।
कृषि तथा प्रशोधित खाद्य उत्पादन निर्यात विकास प्राधिकरण ९एपीडा०ले अहिले आँप आयात बन्द गरेको विषयमा जापानी अधिकारीहरुसँग छलफल गर्ने प्रयास गरिरहेको बताइएको छ । तर, जापानी पक्ष भने यसबारेमा कुरै गर्न नचाहेकोले समस्या उत्पन्न भएको बताइएको छ ।
News Desk 0 response आइतवार, जेष्ठ १०, २०८३

सम्बन्धित शीर्षकहरु
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३



