

-
काठमाडौँ । आइतबार झिनो अङ्कले मात्रै वृद्धि भएको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार ०.८६ विन्दुले घटेर एक हजार १११.९९ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.४४ विन्दुले घटेर २४५.७१ मा पुगेको छ । नेप्से झिनो अङ्कले घटे पनि कारोवार रकम भने आइतबारको तुलनामा बढेको छ ।
आइतबार कूल १६१ कम्पनीको छ लाख ७५ हजार ३८ कित्ता शेयर रु २० करोड ६३ लाख १४ हजार ३२३ मा कारोवार भएको थियो । आज कूल १६४ कम्पनीको आठ लाख २६ हजार ३६८ कित्ता शेयर रु २३ करोड २२ लाख ५९ हजार ३३१ मा खरीद बिक्री भए ।
नेप्सेका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको मात्रै शेयर उकालो लागेको छ । बैंकिङ १.१३, व्यापार १३.९९ र जलविद्युत् २.१८ विन्दुले बढेको छ । यस्तै होटल ८.८, विकास बैंक ३.८३, वित्त ०.६, निर्जीवन बीमा ३.७, उत्पादन ४.१, अन्य २.०४, लघुवित्त १.०४, जीवन बीमा ६४.०१ र सामूहिक लगानी कोष ०.०८ विन्दुले घटेको छ ।
कारोवारका आधारमा आज एनएमबी बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको रु एक करोड ९३ लाख ९६ हजार ४५२ बराबरको शेयर कारोबार भयो । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु एक करोड ३५ लाख ६९ हजार ९१९, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक रु एक करोड ११ लाख ६५ हजार ४०४, एनआइसिएशिया रु एक करोड सात लाख ८३ हजार ८६५, साल्टटे«डिङ कर्पोरेशन रु ८८ लाख ८७ हजार २१३ र सेञ्चुरी बैंक रु ८१ लाख ६५ हजार ७६० बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
नेप्सेका अनुसार नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ९.९६ प्रतिशतले कमाउँदा माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था ७.८३, साल्ट टे«डिङ कर्पोरेशन ४.४१, पाँचथर पावर कम्पनी ४, नेपाल हाइड्रो डेभलपर्स ३.७७ र स्पर्श लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ३.४५ प्रतिशतले कमाए ।
त्यस्तै अरुण काबेली पावर ६.५५, साइन रेसुङ्गामा डेभलपमेन्ट बैंक ५.८०, आँखु खोला जलविद्युत् कम्पनी ५.१७, आइएमई जनरल इन्स्योरेन्स ५.०५, सिनर्जी पावर ४.८१, लाइफ इन्स्योरेन्स कम्पनी ३.७९ र जोशी हाइड्रोपावरका शेयरधनीले ३.७० प्रतिशतले गुमाए । रासस
News Desk 0 response सोमवार, मंसिर १६, २०७६

सम्बन्धित शीर्षकहरु
-
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको नाम अस्वीकृत
बुधबार, अशोज २८, २०८३ -
साउदीका लागि प्रस्तावित राजदूत सुनारको नाम अस्वीकृत
बुधबार, अशोज २८, २०८३ -
यस वर्षको मनसुन बाहिरियो
बुधबार, अशोज २८, २०८३ -
प्रस्तावित १३ राजदूतको सुनुवाइ सकियो, अनुमोदनका लागि..
बुधबार, अशोज २८, २०८३ -
संघीय सरकारप्रति ६ प्रदेशका मुख्यमन्त्रीको असन्तुष्टि
मङ्लबार, अशोज २७, २०८३
-
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको नाम अस्वीकृत
बुधबार, अशोज २८, २०८३ -
साउदीका लागि प्रस्तावित राजदूत सुनारको नाम अस्वीकृत
बुधबार, अशोज २८, २०८३ -
यस वर्षको मनसुन बाहिरियो
बुधबार, अशोज २८, २०८३ -
संघीय सरकारप्रति ६ प्रदेशका मुख्यमन्त्रीको असन्तुष्टि
मङ्लबार, अशोज २७, २०८३ -
राष्ट्रपति पौडेलले जारी गरे दुई अध्यादेश
मङ्लबार, अशोज २७, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३


