• काठमाडौं : मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणी खरेलको नाम अस्वीकृत गरिएको छ। बुधबार बसेको संसदीय सुनुवाइ समितिले उनको नाम अस्वीकृत गरेको हो।

    सुनुवाइका क्रममा खरेलमाथि ‘स्वार्थको द्वन्द्व’, आर्थिक अनियमितता, म्यानपावर व्यवसायीसँगको साँठगाँठ र योग्यतामाथि प्रश्न उठेका थिए।