काठमाडौं । यस वर्षको मनसुन नेपालका सबै भूभागबाट बाहिरिएको छ । मौसम पूर्वानुमान महाशाखाले बुलेटिन जारी गर्दै बुधबार ९असोज २८०का दिन मनसुन नेपालको सबै भूभागबाट बाहिरिएको जनाएको हो ।
गत असोज १७ गते सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको थोरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानबाट यस वर्षको मौसम बाहिरिन सुरु गरेको थियो ।
“गत २०८३ असोज १७ गते (२०२६ अक्टोबर ३ तारिख)का दिन सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको थोरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूबाट यस वर्षको मौसम बहिगर्मनको सुरुआत भएको थियो,” महाशाखाले भनेको छ ।
नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरिने औसत मिति अक्टोबर २ हो । यस वर्ष मनसुन १२ दिन ढिलो गरी बाहिरिएको हो । मनसुन बाहिरिए पनि स्थानीय र पश्चिमी वायुको प्रभाव रहन सक्ने विभागले जनाएको छ ।