

-
काठमाडौँ । धितोपत्र बजार यस साता पनि उतार चढावपूर्ण रह्यो । बजारले समातेको ओरालोको लय यस साता पनि उस्तै अवस्थामा रह्यो । पाँच कारोवार दिनमा बुधबार मात्रै बजारले केही सुधारको सङ्केत गरेको भए पनि अन्य दिन नकारात्मक नै रहेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार साताभर कूल १६८ कम्पनीको शेयर कारोवार भयो । कूल ५१ लाख ५१ हजार २२७ कित्ता शेयर रु एक अर्ब ३२ करोड १० लाख १७ हजार १३५ मा कारोवार भयो । साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो । नेपाल स्टक एक्सचेन्जका अनुसार सो दिन नेप्से १०.५४ बिन्दुले घटेर एक हजार ११०.०८ बिन्दुमा पुग्यो । कूल १६२ कम्पनीका नौ लाख २९ हजार ७४४ कित्ता शेयर रु २८ करोड पाँच लाख ३४ हजार ४१५ मूल्यमा खरिद–बिक्री भए ।
सोमबार भने बजारमा रमाइलो दृश्य देखाप¥यो । निरन्तर ओरालो लाग्दै आएको बजार सोमबार यथास्थितिमा रह्यो । नेप्से परिसूचकमा कुनै बदलाव देखिएन । नेप्से परिसूचक शून्यकै अवस्थामा रह्यो । त्यस दिन कूल १६८ कम्पनीका १० लाख ७८ हजार १६ कित्ता शेयर रु २८ करोड ८८ लाख ५८ हजार ४८४ मूल्यमा खरिद–बिक्री भए । मङ्गलबार भने नेप्से परिसूचक झिनो अङ्कले घट्यो । सो दिन नेप्से ०.९१ बिन्दुले घटेर एक हजार १०९.१६ बिन्दुमा झ¥यो ।
नेप्से आरोलो लागे पनि कारोवार रकम भने सामान्य रहन पुग्यो । कूल १६५ कम्पनीका ११ लाख ३४ हजार १५ कित्ता शेयर रु २९ करोड ५८ लाख ६९ हजार १८० मूल्यमा खरिद–बिक्री भए । बुधबार भने बजारमा सुधार देखाप¥यो । नेप्से परिसूचक ८.३० अङ्कले वृद्धि भएर एक हजार ११७.४६ मा पुग्यो । कूल १६५ कम्पनीका सात लाख ३८ हजार ४४६ कित्ता शेयर रु २१ करोड २३ लाख ६३ हजार ७३६ मा खरिदबिक्री भए ।
बुधबारको सुधार बिहीबार टिक्न सकेन । त्यस दिन नेप्से परिसूचक ४.६७ बिन्दुले घटेर एक हजार ११२.७९ मा पुग्यो । नेप्से ओरालो लागेसँगै कारोवार रकममा समेत गिरावट आयो । कूल १६६ कम्पनीका १२ लाख ७१ हजार छ कित्ता शेयर रु २४ करोड ३३ लाख ९१ हजार ३२० मूल्यमा खरिदबिक्री भए ।
पाँच कम्पनीको शेयर सूचीकृत
नेप्सेमा यस साता विभिन्न पाँच कम्पनीका शेयर सूचीकृत भए । त्यसमा नेको इन्सुरेन्सका १४ लाख ११ हजार ५३४ कित्ता शेयर लाभांश, नेपाल इन्सुरेन्स कम्पनीका सात लाख ६४ हजार ३२७ कित्ता शेयर लाभांश, प्राइम लाइफ इन्सुरेन्सका २२ लाख ३१ हजार ४३ कित्ता शेयर लाभांश, साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका एक करोड दुई हजार ३८८ कित्ता शेयर सूचीकृत भए । त्यस्तै ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका ११ लाख चार हजार ५७५ कित्ता हकप्रद शेयर सूचीकृत भएको छ । रासस
News Desk 0 response शनिबार, मंसिर १४, २०७६

सम्बन्धित शीर्षकहरु
-
इरानी आक्रमणबाट अमेरिकाका २० वटा सैन्य स्थलमा..
सोमवार, जेष्ठ १८, २०८३ -
कृष्णबहादुर महरासँग १ लाख धरौटी माग्ने विशेष..
सोमवार, जेष्ठ १८, २०८३ -
प्रधानमन्त्रीले बोलेको विषय निन्दनीय र घोर आपत्तिजनक..
सोमवार, जेष्ठ १८, २०८३ -
श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा
आइतवार, जेष्ठ १७, २०८३ -
फ्रान्समा पिएसजीको विजयोत्सव हिंसात्मक झडपमा परिणत
आइतवार, जेष्ठ १७, २०८३
-
इरानी आक्रमणबाट अमेरिकाका २० वटा सैन्य स्थलमा..
सोमवार, जेष्ठ १८, २०८३ -
कृष्णबहादुर महरासँग १ लाख धरौटी माग्ने विशेष..
सोमवार, जेष्ठ १८, २०८३ -
श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा
आइतवार, जेष्ठ १७, २०८३ -
धवलशमशेरले छाडे राप्रपा, नयाँ अभियानमा सहभागी हुन..
आइतवार, जेष्ठ १७, २०८३ -
सांसदको प्रश्नमा प्रधानमन्त्री बालेनको उत्तर (पूर्णपाठ)
आइतवार, जेष्ठ १७, २०८३
-
सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ देखि..
आइतवार, जेष्ठ १०, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३ -
तराईमा तातो हावाको लहर, सतर्कता अपनाउन आग्रह
शनिबार, जेष्ठ ९, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३



