

-
ताप्लेजुङ । तमोर मेवा जलविद्युत् आयोजना निर्माणका लागि स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी अन्तिम तयारीमा जुटेको छ । एक सय २८ मेगावाट क्षमताको आयोजना प्रवद्र्धक स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीले उत्पादन अनुमति पत्र प्राप्त गर्नका लागि विद्युत् विकास विभागको पछिल्लो निर्देशन अनुसार थप अध्ययनको कार्य गरिरहेको छ ।
गतवर्ष नै विद्युत् विकास विभागलाई उत्पादन अनुमति पत्र प्राप्त गर्नका लागि बुझाएका अध्ययन प्रतिवेदन र तथ्याङ्क पुष्टिका लागि अन्तिम तयारीस्वरुप थप अध्ययनमा जुटेको प्रवद्र्धक कम्पनीले जनाएको छ । “विद्युत् उत्पादन अनुमतिपत्रका लागि रु ४० लाख दस्तुरसहित सम्पूर्ण अध्ययन प्रतिवेदनसहित विद्युत् विकास विभागमा दरखास्त दिइएकामा विभागद्वारा १०० मेगावाट माथिको आयोजनका लागि तोकिएको नयाँ मापदण्डअनुसार थप अध्ययन प्रतिवेदन पेश गर्न निर्देशन भएको छ, सोही अनुसार अहिले भौगर्भिक अध्ययनका लागि आवश्यक काम गरिरहेका छौँ”, प्रवद्र्धक कम्पनीका प्रबन्धक भानेन्द्रकुमार लिम्बूले भन्नुभयो ।
उहाँका अनुसार गत वर्षको पुस ५ गते उत्पादन अनुमति पत्रका लागि दस्तुरसहित दरखास्त पेश गरिएको थियो । विभागको निर्देशन अनुसार कार्यसम्पादन गर्ने क्रममा अहिले आयोजना क्षेत्रको भौगर्भिक अध्ययनका लागि ड्रिलिङको काम भइरहेको छ । इस्टमेनेजमेन्ट इञ्जिनीयरिङ सर्भिस प्रालिद्वारा तीन यन्त्रको सहायतामा २० ड्रिल होल गर्ने कार्य भइरहेको हो । उक्त काम आगामी फागुनसम्ममा सम्पन्न गरिसक्ने र अरु पक्रियामा अघि बढ्ने प्रवद्र्धक कम्पनीको तयारी छ ।
अनुमति पत्र लिने प्रक्रियमा नै लामो समय बितेकाले निर्माण शुरु गर्न ढिलाइ हुँदै आएको प्रबन्धक लिम्बूको भनाइ छ । अर्को वर्षको शुरुवातमा नै अनुमति पत्र प्राप्त हुनेमा ढुक्क रहेकाले निर्धारित समयमा आयोजना सम्पन्न गर्ने उहाँको दाबी छ । अनुमति पत्र प्राप्त गरेको तीन वर्षमा नै आयोजना सक्ने गरी अन्य व्यवस्थापनको काममा जुटेको उहाँको भनाइ छ ।
आयोजना सम्पन्न गर्न कूल रु २६ अर्ब १२ करोड लाग्ने बताइएको छ । सदरमुकाम फुङलिङ, आठराई त्रिवेणी गाउँपालिकाको चाँगे, हाम्पाङ, फूलबारी, मिक्वाखोला गाउँपालिकाको लिवाङ, खोक्लिङ र मेरिङदेनको लिङ्तेप, खाम्लुङ, सान्थाक्रा आयोजना प्रभावित क्षेत्र हुन् । फुङलिङ भने मुख्य प्रभावित क्षेत्रमा पर्छ ।
मेवाखोला र तमोर नदीको पानीलाई एकीकृत गरी झण्डै सात किलोमिटर दुरीको सुरुङमार्फत विद्युत् गृहसम्म पु¥याउने योजना छ । फुङलिङ नगरपालिका– ३ स्थित गुहेँलीमा ‘अन्डरग्राउण्ड’ विद्युत्गृह रहने छ । उत्पादित विद्युत् हाङ्पाङ सव स्टेशन हुँदै कोशी करिडोर प्रशारण लाइनमार्फत राष्ट्रिय प्रशारण लाइनमा जोडिने छ । रासस
News Desk 0 response शुक्रबार, मंसिर १३, २०७६

सम्बन्धित शीर्षकहरु
-
इरानी आक्रमणबाट अमेरिकाका २० वटा सैन्य स्थलमा..
सोमवार, जेष्ठ १८, २०८३ -
कृष्णबहादुर महरासँग १ लाख धरौटी माग्ने विशेष..
सोमवार, जेष्ठ १८, २०८३ -
प्रधानमन्त्रीले बोलेको विषय निन्दनीय र घोर आपत्तिजनक..
सोमवार, जेष्ठ १८, २०८३ -
श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा
आइतवार, जेष्ठ १७, २०८३ -
फ्रान्समा पिएसजीको विजयोत्सव हिंसात्मक झडपमा परिणत
आइतवार, जेष्ठ १७, २०८३
-
इरानी आक्रमणबाट अमेरिकाका २० वटा सैन्य स्थलमा..
सोमवार, जेष्ठ १८, २०८३ -
कृष्णबहादुर महरासँग १ लाख धरौटी माग्ने विशेष..
सोमवार, जेष्ठ १८, २०८३ -
श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा
आइतवार, जेष्ठ १७, २०८३ -
धवलशमशेरले छाडे राप्रपा, नयाँ अभियानमा सहभागी हुन..
आइतवार, जेष्ठ १७, २०८३ -
सांसदको प्रश्नमा प्रधानमन्त्री बालेनको उत्तर (पूर्णपाठ)
आइतवार, जेष्ठ १७, २०८३
-
सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ देखि..
आइतवार, जेष्ठ १०, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३ -
तराईमा तातो हावाको लहर, सतर्कता अपनाउन आग्रह
शनिबार, जेष्ठ ९, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३



