

-
काठमाडौँ । विश्व बैंकले युवा रोजगारी र विद्यालय क्षेत्र विकासका लागि रु १६ अर्ब ३७ करोड १३ लाख ऋण सहयोग गर्ने भएको छ । युवा रोजगारीका लागि रूपान्तरण परियोजना कार्यान्वयन गर्न रु १३ अर्ब ६३ करोड तथा विद्यालय क्षेत्र विकास कार्यक्रम सञ्चालनका लागि रु दुई अर्ब ७४ करोड १३ लाख सहयोग गर्न लागेको हो अर्थमन्त्रायलमा आज आयोजित एक कार्यक्रममा अर्थसचिव राजन खनाल र यहाँस्थित बैँकका देशीय प्रबन्धक फारिस हडाड जेर्भोसले ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । युवा रोजगारी रूपान्तरण प्रयास परियोजनाले ७५३ वटै स्थानीय तहमा रोजगारी सेवा केन्द्रबाट रोजगारीमा पहुँच वृद्धि गर्नेछ । उक्त परियोजना प्रधानमन्त्री रोजगार कार्यक्रम तथा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संयुक्तरूपमा कार्यान्वयन गर्नेछन् । उक्त कार्यक्रममार्फत मुलुकको भौतिक पूर्वाधार परियोजनामा अस्थायी रोजगारीका अवसर सिर्जना गरिने छ भने युवा तथा महिलालाई ५० दिन रोजगारीको अवसर उपलब्ध गराइने छ । त्यस अवसरमा सचिव खनालले नेपालको सामाजिक, आर्थिक र शैक्षिक विकासमा विश्व बैंकले निरन्तर गर्दै आएको सहयोगको सराहना गर्नुभयो । रासस
News Desk 0 response बुधबार, मंसिर ११, २०७६

सम्बन्धित शीर्षकहरु
-
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको नाम अस्वीकृत
बुधबार, अशोज २८, २०८३ -
साउदीका लागि प्रस्तावित राजदूत सुनारको नाम अस्वीकृत
बुधबार, अशोज २८, २०८३ -
यस वर्षको मनसुन बाहिरियो
बुधबार, अशोज २८, २०८३ -
प्रस्तावित १३ राजदूतको सुनुवाइ सकियो, अनुमोदनका लागि..
बुधबार, अशोज २८, २०८३ -
संघीय सरकारप्रति ६ प्रदेशका मुख्यमन्त्रीको असन्तुष्टि
मङ्लबार, अशोज २७, २०८३
-
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको नाम अस्वीकृत
बुधबार, अशोज २८, २०८३ -
साउदीका लागि प्रस्तावित राजदूत सुनारको नाम अस्वीकृत
बुधबार, अशोज २८, २०८३ -
यस वर्षको मनसुन बाहिरियो
बुधबार, अशोज २८, २०८३ -
संघीय सरकारप्रति ६ प्रदेशका मुख्यमन्त्रीको असन्तुष्टि
मङ्लबार, अशोज २७, २०८३ -
राष्ट्रपति पौडेलले जारी गरे दुई अध्यादेश
मङ्लबार, अशोज २७, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३


