

-
काठमाडौँ । सोमबार तटस्थ रहेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने झिनो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ०.९१ विन्दुले घटेर एक हजार १०९.१६ विन्दुमा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक भने आज ०.११ ले बढेर २४५.४९ विन्दुमा कायम भएको छ । नेप्से आरोलो लागे पनि कारोवार रकम भने सामान्य रहेको छ । कूल १६५ कम्पनीको ११ लाख ३४ हजार १५ कित्ता शेयर रु २९ करोड ५८ लाख ६९ हजार १८० मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ ०.८३, व्यापार १९.०२ र जलविद्युत् ०.८५ विन्दुले बढेका छन् । यस्तै होटल १०.३९, विकास बैंक ०.४८, वित्त २.१२, निर्जीवन बीमा १३.३२, उत्पादन १६.२९, अन्य ३.९४, लघुवित्त १.९९, जीवन बीमा ८.४६ र सामूहिक लगानी कोष ०.०३ विन्दुले बढेको छ । नेप्सेका अनुसार आज कारोवारका आधारमा नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ । सो बैंकको संस्थापक शेयर रु पाँच करोड ८१ लाख ९७ हजार ५१ मा कारोवार भयो । यस्तै सिटिजन बैंकको संस्थापक शेयर रु तीन करोड ८२ लाख ४३ हजार ३१६ मा बराबरको कारोवार भयो । नेपाल बैंक लिमिटेड रु एक करोड ८२ लाख ७९३, एनएमबी बैंक रु एक करोड ३३ लाख आठ हजार ६१, एनआईसी एशिया बैंक रु एक करोड ७३ हजार ५४३ र प्रभु बैंकको रु ७५ लाख ५७ हजार ४४७ कारोबार भई शीर्ष स्थानमा रहे । नेप्सेका अनुसार आज साल्ट टे«डिङ कर्पोरेशनका लगानीकर्ताले ६ प्रतिशतले कमाए । यस्तै नेशनल हाइड्रो पावर ४, एनआईसी एशिया फण्ड २.४८, सानिमा माई हाइड्रोपावर २.२७, एक्सेल डेभलपमेन्ट बैंक २.२० र गुराँस लघुवित्त वित्तीय संस्थाका शेयरधनीले २.१३ विन्दुले कमाए । त्यस्तै युनियन हाइड्रोपार ५.६६, सेन्ट्रल फाइनान्स ३.५७, लक्ष्मी इक्विटी फण्ड ३.४९, जोशी हाइड्रोपावर ३.४४ र सिन्धु विकास बैंकका शेयरधनीले ३.२७ प्रतिशतले गुमाए । रासस
News Desk 0 response मङ्लबार, मंसिर १०, २०७६

सम्बन्धित शीर्षकहरु
-
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको नाम अस्वीकृत
बुधबार, अशोज २८, २०८३ -
साउदीका लागि प्रस्तावित राजदूत सुनारको नाम अस्वीकृत
बुधबार, अशोज २८, २०८३ -
यस वर्षको मनसुन बाहिरियो
बुधबार, अशोज २८, २०८३ -
प्रस्तावित १३ राजदूतको सुनुवाइ सकियो, अनुमोदनका लागि..
बुधबार, अशोज २८, २०८३ -
संघीय सरकारप्रति ६ प्रदेशका मुख्यमन्त्रीको असन्तुष्टि
मङ्लबार, अशोज २७, २०८३
-
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको नाम अस्वीकृत
बुधबार, अशोज २८, २०८३ -
साउदीका लागि प्रस्तावित राजदूत सुनारको नाम अस्वीकृत
बुधबार, अशोज २८, २०८३ -
यस वर्षको मनसुन बाहिरियो
बुधबार, अशोज २८, २०८३ -
संघीय सरकारप्रति ६ प्रदेशका मुख्यमन्त्रीको असन्तुष्टि
मङ्लबार, अशोज २७, २०८३ -
राष्ट्रपति पौडेलले जारी गरे दुई अध्यादेश
मङ्लबार, अशोज २७, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३


