

-
रसुवा । रसुवागढी नाकाबाट सामान आयात निर्यात हुन थालेपछि प्राप्त राजश्वको यकिन तथ्याङ्क सार्वजनिक भएको छ । विसं २०७२ मङ्सिर १५ देखि २०७६ मङ्सिर ७ सम्मको कूल भन्सार शुल्क तथा मूल्य अभिवृद्धि करसमेतको राजश्व रु २४ अर्ब ६६ करोड ७१ लाख ५० हजार सङ्कलन भएको छ । नेपाली बजारका लागि चीनबाट आयात हुने मालवस्तुमा जुत्ता, चप्पल, बच्चाका खेलौना, थर्मस, यान्त्रिक पार्टपुर्जा, विद्युतीय सामान, लत्ताकपडा तथा खाद्यान्नलगायत सामग्रीको शुल्कवापत भन्सार राजश्व प्राप्त भएको भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले जानकारी दिनुभयो । यसैगरी नेपालबाट चीनतर्फ बाँसबाट निर्मित मुढा, हस्तकला, क्युरियोका सामान, तामाका भाँडाकँुडा र गलैँचा रसुवागढी नाकाबाट जाने गरेको छ । चालु आवको साउनदेखि कात्तिक मसान्तसम्म हेर्दा लक्ष्यभन्दा ४६ प्रतिशत राजश्व वृद्धि भएकोे छ । सामान आयातको परिमाण बढेपछि भन्सार शुल्कसमेत दिनप्रतिदिन बढ्दै गएको बताइएको छ । चिनियाँ सामग्री बोकेर भन्सार हातामा प्रवेश गरेका मालवाहक ट्रकमध्ये सरदर दैनिक ६०÷७० वटा जाँच हुने गरेको छ । छिटोछरितोे जाँच परीक्षणका लागि ३० जाँचकी अहोरात्र खटिरहेको भन्सार कार्यालयले जनाएको छ । कर्मचारीको मेहनेतबाटै मङ्सिरको पहिलो हप्तामै रु ३० करोड ६० लाख भन्सार शुल्क असुली गर्न सफल भएको बताइएको छ । भन्सारको कार्यसम्पादन गर्न १० अधिकृतसहित समग्रमा ६१ कर्मचारी कार्यरत छन् । तिनको तलबभत्तालगायतमा मासिक रु ५० लाख खर्च हुने गरेको जनाइएको छ । पूर्वाधारको कमी, सडक जीर्ण र चाडपर्वका बेला ल्याइने सामान काठमाडाँै पु¥याउन राजमार्गमा हुने बाढीपहिराको समस्या जस्ता चुनौती भए पनि सडक सुधार र स्तरोन्नति तथा एकीकृत भन्सार तथा सुख्खा बन्दरगाह निर्माण अगाडि बढिरहेकाले अबको केही समयपछि नेपालको उत्तरी नाका व्यवस्थित र आकर्षण हुने अपेक्षा गरिएको प्रमुख भन्सार अधिकृत खड्काले बताउनुभयो । घरेलु प्रयोजनका लागि भन्दै सानातिना पोके व्यापारीले दिनानुदिन बोकेर ल्याउने क्रम बढेपछि भन्सार शुल्क बेगरको सामान ल्याउन रोक लगाएको छ । जुन व्यापारीले व्यावसायिक प्रयोजनका लागि ल्याउने सबै प्रकारका सामानको परिमाणका आधारमा निर्धारित दररेटअनुसारको भन्सार शुल्क तिर्नुपर्ने र राजश्व चुहावट रोक्न सशस्त्र प्रहरी २१ नं गुल्मले पहरा दिइरहेको भन्सार कार्यालयले जनाएको छ । राजश्व चुहावट रोक्न नाकाको अलावा सम्भावित गौँडा र भन्सारको हातामा समेत आफ्नो गुल्मले अहोरात्र गस्ती दिइरहेको सशस्त्र प्रहरी भन्सार सुरक्षा एवं राजश्व गस्ती २१ नं गुल्मका गुल्मपति प्रहरी नायब उपरीक्षक लक्ष्मण थापाले जानकारी दिनुभयो । रासस
News Desk 0 response मङ्लबार, मंसिर १०, २०७६

सम्बन्धित शीर्षकहरु
-
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको नाम अस्वीकृत
बुधबार, अशोज २८, २०८३ -
साउदीका लागि प्रस्तावित राजदूत सुनारको नाम अस्वीकृत
बुधबार, अशोज २८, २०८३ -
यस वर्षको मनसुन बाहिरियो
बुधबार, अशोज २८, २०८३ -
प्रस्तावित १३ राजदूतको सुनुवाइ सकियो, अनुमोदनका लागि..
बुधबार, अशोज २८, २०८३ -
संघीय सरकारप्रति ६ प्रदेशका मुख्यमन्त्रीको असन्तुष्टि
मङ्लबार, अशोज २७, २०८३
-
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको नाम अस्वीकृत
बुधबार, अशोज २८, २०८३ -
साउदीका लागि प्रस्तावित राजदूत सुनारको नाम अस्वीकृत
बुधबार, अशोज २८, २०८३ -
यस वर्षको मनसुन बाहिरियो
बुधबार, अशोज २८, २०८३ -
संघीय सरकारप्रति ६ प्रदेशका मुख्यमन्त्रीको असन्तुष्टि
मङ्लबार, अशोज २७, २०८३ -
राष्ट्रपति पौडेलले जारी गरे दुई अध्यादेश
मङ्लबार, अशोज २७, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३


