

-
कास्की । मङ्सिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुने तय भएको १३औँ दक्षिण एशियाली खेलकूद(साग)मा प्याराग्लाइडिङ प्रतियोगिता नहुने भएको छ । सागको नियम अनुसार प्रतियोगिता सञ्चालनका लागि न्यूनतम तीन देश सहभागी हुनुपर्छ । खेलाडी दर्ताको अन्तिम दिन बुधबारसम्म नेपाल र पाकिस्तान बाहेक अन्य देशबाट खेलाडी दर्ता नहुँदा प्रतियोगिता नहुने निश्चित भएको नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेजबहादुर गुरुङले बताउनुभयो । एक टिममा पाँच पुरुष र महिला तीन गरी आठ जना सहभागी हुनुपर्ने भएपनि पाकिस्तानबाट समेत दुईजना खेलाडी मात्र दर्ता भएका दिए । गतवर्ष इण्डोनेसियामा सम्पन्न एशियन गेममा नेपालले जितेको एक मात्र रजत पदक प्याराग्लाइडिङमा थियो । सागमा प्याराग्लाइडिङबाट नेपालले कम्तीमा छ स्वर्ण पदकको आस गरेको थियो भने खेलाडीले गत वैशाखबाट तयारी शुरु गरेका थिए । प्रतियोगितामा एकल क्रस कन्ट्री महिला र पुरुष, समूह क्रस कन्ट्री महिला र पुरुष तथा एकल एक्कुरेसी महिला र पुरुष एवं समूह एक्कुरेसी महिला र पुरुष गरी आठ स्वर्णका लागि प्रतिस्पर्धा हुने तय भएको थियो । नेपालले छ स्वर्ण पदक जित्ने लक्ष्यसाथ तयारी गरे पनि प्रतियोगिता नहुने भएपछि खेलाडी तथा प्रशिक्षक निराश बनेको नेपाल प्याराग्लाइडिङ तथा ह्याडग्लाइडिङ सङ्घका महासचिव शैलेन्द्र रावतले बताउनुभयो । सागमा सहभागी हुने नेपाल बाहेकका अन्य प्याराग्लाइडिङको राष्ट्रिय सङ्घ नहनु तथा स्थानीय क्लबलाई ओलम्पिक कमिटीले मान्यता नदिएकाले पनि अन्य देशको सहभागिता नभएको रावतको भनाइ थियो । महिला क्रिक्रेट, महिला फुटबल, आर्चरी, बीच भलिबल, ब्याडमिन्टन, ह्याण्डबल, भारोत्तोलन, र ट्र्याथलन खेल गरी आठ प्रतियोगिता भने पोखरामा सञ्चालन गर्ने तयारी गरिएको छ । पोखरामा हुने साग खेलकूदमा १४४ खेलाडी सहभागी बन्नेछन् । जसमा महिला ९२ र पुरुष ५२ छन् । आर्चरीको प्रतियोगितास्थल र अभ्यासस्थल पोखरा रङ्गशाला तोकिएको छ । भारत्तोलन पोखरा–१२ स्थित केसी क्याटरिङ सर्भिस, ह्याण्डबल रङ्गशालामा हुनेछ । फुटबलको प्रतियोगिता रङ्गशालामा हुनेछ भने गौरीशङ्कर खेल मैदान पोखरा–२५, गोस्तेघाट लामाचौर र नेपाली सेनाको पश्चिम पृतनामा अभ्यासस्थल तोकिएको छ । बीच भलिबल फेवाताल किनार बाराहीघाट, ट्रायथोलन बसुन्धरापार्क, ब्याडमिन्टन रङ्गशाला, क्रिकेटको अभ्यासस्थल नगर विकास प्रशिक्षण केन्द्र तथा प्रतियोगिता रङ्गशालामा सञ्चालन हुने साग प्राविधिक समितिका सचिव बलराम थापाले जानकारी दिनुभयो । रासस
News Desk 0 response बिहिबार, मंसिर ५, २०७६

सम्बन्धित शीर्षकहरु
-
प्रतिनिधिसभा नियमावलीको मस्यौदा तयार : के–के गर्न..
मङ्लबार, बैशाख ८, २०८३ -
झन्डै २३ लाख बालबालिकालाई भिटामिन ‘ए’ र..
मङ्लबार, बैशाख ८, २०८३ -
कांग्रेस संसदीय दल नेता चयन गर्न वैशाख..
सोमवार, बैशाख ७, २०८३ -
जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी
सोमवार, बैशाख ७, २०८३ -
आज अक्षय तृतीया : सातु र सर्वत..
सोमवार, बैशाख ७, २०८३
-
प्रतिनिधिसभा नियमावलीको मस्यौदा तयार : के–के गर्न..
मङ्लबार, बैशाख ८, २०८३ -
झन्डै २३ लाख बालबालिकालाई भिटामिन ‘ए’ र..
मङ्लबार, बैशाख ८, २०८३ -
कांग्रेस संसदीय दल नेता चयन गर्न वैशाख..
सोमवार, बैशाख ७, २०८३ -
जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी
सोमवार, बैशाख ७, २०८३ -
आज अक्षय तृतीया : सातु र सर्वत..
सोमवार, बैशाख ७, २०८३
-
सिंहदरवार भित्र ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने सरकारको..
सोमवार, चैत्र ३०, २०८२ -
चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले पनि मागे हप्तामा दुई..
आइतवार, चैत्र २९, २०८२ -
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
नयाबर्षदेखि काठमाडौंमा राती पनि सार्वजनिक बस चल्ने
सोमवार, चैत्र ३०, २०८२ -
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा..
बिहिबार, बैशाख ३, २०८३



