

-
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले प्रतिनिधिसभाअन्तर्गतका विषयगत र संयुक्त गरी ११ वटा समितिको सभापतिमा उम्मेदवारी दिएका छन् ।
आज बसेको रास्वपा संसदीय दलको बैठकबाट उम्मेदवार छनोट भएपछि सांसदले प्रतिनिधिसभाका नौ वटा विषयगत समिति र दुई वटा संयुक्त समितिमा उम्मेदवारी दिएका हुन् ।
रास्वपाले सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई दिने निर्णय छ ।
रास्वपाको तर्फबाट कानून, न्याय तथा मानव अधिकार समितिमा समीक्षा बास्कोटा, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोककुमार चौधरी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल र महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थीले उम्मेदवारी दिनुभएको छ ।
राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ओजश्वी शेरचन, अर्थ समितिमा कृष्णहरि बुढाथोकी, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रहबर अन्सारी र अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सभापतिमा सुम्नीमा उदासले उम्मेदवारी दर्ता गराएकी छिन् ।
प्रतिनिधि र राष्ट्रियसभाअन्तर्गतको संयुक्त समिति, संसदीय सुनुवाइ समितिमा बोधनारायण श्रेष्ठले उम्मेदवारी दिएका छन् । यस्तै अर्को संयुक्त समिति, राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा गणेश कार्कीले मनोनयन दर्ता गराएका छन् ।
यसैबीच प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले उम्मेदवारी दर्ता गरेका छन् ।
संयुक्त समिति र प्रतिनिधिसभाको विषयगत समितिको सभापतिमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पनि उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा एमालेबाट गुरु बरालले मनोनयन दर्ता गराएका छन् । सङ्घीय संसद्को संयुक्त समिति, राज्यका निर्देशक सिद्धान्त र नीति दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा नेकपाबाट मदनकुमारी साहले सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् ।
संसदीय समितिका सभापतिका लागि भोलि शुक्रवार चुनाव हुँदैछ ।
News Desk 0 response बिहिबार, बैशाख ३, २०८३

सम्बन्धित शीर्षकहरु
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी ठहर, एक वर्ष जेल सजाय
शुक्रबार, असार ५, २०८३-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
रुसमाथि युक्रेनको अहिलेसम्मकै ठूलो आक्रमण
बिहिबार, असार ४, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३
-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
यो बर्ष प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै पानी..
बिहिबार, असार ४, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध..
बुधबार, जेष्ठ २७, २०८३ -
दक्षिण अफ्रिकाको जोहानेसबर्गमा गोलीबारी, कम्तीमा १२ जनाको..
बुधबार, जेष्ठ २७, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३



