

-
काठमाडौं : लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन नसकेपछि इटाली फुटबल सङ्घका अध्यक्षले राजीनामा दिएका छन् ।
रोममा रहेको सङ्घको मुख्यालयमा भएको बैठकपछि गेब्रिएल ग्राभिनाले देशको शीर्ष फुटबल अधिकारीको पदबाट राजीनामा दिने घोषणा गरेका हुन् । खेलकुदमन्त्री एन्ड्रिया अबोदीले पनि ७२ वर्षीय ग्राभिनलाई राजीनामा दिन आह्वान गरेका थिए । ग्राभिना सन् २०१८ को अक्टोबरमा इटाली फुटबल सङ्घको अध्यक्षमा निर्वाचित भएका थिए ।
यसअघि प्रशिक्षण टोलीमा रहेका इटालीका पूर्वकप्तान जियानलुइजी बुफोनले पनि राजीनामा दिएका छन् ।
विश्वकपको युरोपेली प्लेअफ छनोटमा मङ्गलवार इटाली टाइब्रेकरमा बोस्निया एन्ड हर्जगोभिनासँग ४–१ गोलले पराजित भएको थियो । यो हारसँगै चार पटकको विजेता इटाली लगातार तेस्रो पटक विश्वकपमा पुग्न असफल भएको थियो ।
अब इटाली फुटबल सङ्घको नयाँ नेतृत्वका लागि जुन २२ मा चुनाव हुनेछ । नयाँ नेतृत्वका लागि इटाली ओलम्पिक कमिटीका पूर्वअध्यक्ष जियोभानी मालागो सबैभन्दा अघि छन् ।
News Desk 0 response शुक्रबार, चैत्र २०, २०८२

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



