

-
उत्तरी जापानमा ७ दशमलव ४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि जापान मौसम विज्ञान एजेन्सी ९जेएमए० ले तीन मिटरसम्म अग्ला सुनामी छाल आउन सक्ने चेतावनी जारी गरेको छ । भूकम्पपछि अधिकारीहरूले तटीय क्षेत्रका मानिसहरूलाई तत्काल सुरक्षित ठाउँमा सर्न आग्रह गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
नेपाली समयअनुसार आज दिउँसो २ बजेर ७ मिनेटमा इवाटे प्रान्तको प्रशान्त महासागर क्षेत्रको तटीय भागमा केन्द्रित भएर भूकम्प गएको हो । भूकम्पको धक्का सयौँ किलोमिटर टाढा टोकियोसम्म महसुस भएको खबरमा उल्लेख छ ।
जापान मौसम विज्ञान एजेन्सीका अनुसार प्रारम्भिक सुनामी छालहरू उत्तरी तटीय क्षेत्रमा छिट्टै आइपुग्न सक्ने जोखिम रहेको छ । जापान सरकारको प्रधानमन्त्री कार्यालयले आपत्कालीन अवस्था व्यवस्थापन गर्न सङ्कट व्यवस्थापन टोली गठन गरेको जनाएको छ । अधिकारीहरूले अवस्थाको निरन्तर निगरानी गरिरहेको बताएका छन् ।
प्रशान्त महासागरको ‘रिङ अफ फायर’ क्षेत्रमा रहेको जापान विश्वकै सबैभन्दा भूकम्पीय जोखिमयुक्त देशमध्ये एक मानिन्छ ।
झन्डै १२ करोड ५० लाख जनसङ्ख्या रहेको जापानमा वार्षिक औसत झन्डै १ हजार ५०० भूकम्पीय धक्का महसुस हुन्छ । यद्यपि धेरैजसो भूकम्प हल्का प्रकृतिका हुने भए पनि भूकम्पको गहिराइ र ठाउँका आधारमा क्षतिको स्तर फरक पर्ने गर्छ ।
यसअघि सन् २०११ मा जापानमा ९।० म्याग्निच्युडको शक्तिशाली भूकम्पपछिको सुनामीका कारण झन्डै १८ हजार ५०० जनाको ज्यान गएको थियो वा बेपत्ता भएका थिए ।
News Desk 0 response सोमवार, बैशाख ७, २०८३

सम्बन्धित शीर्षकहरु
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३



