

-
मध्यपूर्वमा चलिरहेको तनाव र युद्धको प्रभावबीच पनि विश्वकप २०२६ मा इरानको सहभागिता सुनिश्चित रहेको फिफा अध्यक्ष जियानी इन्फान्टिनोले बताएका छन् । उनकाअनुसार खेलकुदलाई राजनीतिक द्वन्द्वबाट अलग राख्नुपर्छ र योग्यताका आधारमा इरानले प्रतियोगितामा भाग लिन पाउनु अनिवार्य छ ।
अमेरिकी सञ्चारमाध्यम सीएनबीसीले आयोजना गरेको एक आर्थिक सम्मेलनमा बोल्दै इन्फान्टिनोले इरानको सहभागितामा कुनै अन्योल नरहेको बताए । साथै उनले इरानी टोलीले आफ्ना नागरिकको प्रतिनिधित्व गर्ने भएकाले उनीहरूलाई खेल्नबाट रोक्न नहुने धारणा व्यक्त गरे। यसअघि पनि उनले मार्च महिनामा टर्किएको अन्टाल्यामा भएको इरान र कोस्टारिकाबीचको मैत्रीपूर्ण खेलका क्रममा यस्तै धारणा सार्वजनिक गरेका थिए ।
तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी खेलाडीहरूको सुरक्षाबारे चिन्ता व्यक्त गर्दै उनीहरू अमेरिका भ्रमणमा सुरक्षित नहुन सक्ने सङ्केत दिएका थिए । तालिकाअनुसार इरानले आफ्नो समूह ‘जी’ अन्तर्गतका तीन खेल अमेरिकामै खेल्नेछ ।
गएको फेब्रुअरी २८ मा शुरू भएको अमेरिका–इजरायल र इरानबीचको द्वन्द्वका कारण विश्वकपमा इरानको सहभागिता अन्योलमा परेको थियो । त्यसक्रममा इरानले आफ्ना खेलहरू अमेरिकाबाट सारेर मेक्सिकोमा गर्न आग्रह गरेको थियो तर फिफाले त्यो प्रस्ताव अस्वीकार गरेको थियो ।
२३औँ संस्करणको फिफा विश्वकप आउँदो जुन ११ देखि जुलाईसम्म अमेरिका, मेक्सिको र क्यानडामा संयुक्तरूपमा आयोजना हुँदैछ । फिफा विश्वकप पहिलो पटक तीन वटा देशमा हुन लागेको हो । प्रतियोगितामा पहिलो पटक ४८ वटा टोली सहभागी छन् जसलाई १२ वटा समूहमा बाँडिएको छ ।
News Desk 0 response बिहिबार, बैशाख ३, २०८३

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३



