

-
काठमाडौं : बेलायती महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा निधन भएको छ । महारानी एलिजाबेथ द्वितीयाको निधन स्कटल्यान्डको बालमोरल दरबारमा निधन भएको बकिङ्गम प्यालेसलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
सन् १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा जन्मिएकी एलिजाबेथ बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने राष्ट्र अध्यक्ष हुन् । उनीले ७० वर्षसम्म शासन गरिन् ।
यसअघि आज बिहीवार उनको स्वास्थ्यमा समस्या देखिएपछि बाल्मोरलमा डाक्टरको निगरानीमा राखिएको थियो । हिजो बुधवारका लागि आयोजना गरिएको एउटा भर्चुअल बैठकमा महारानी अनुपस्थित भएपछि उनीको स्वास्थ्यबारे चर्चा भएको थियो ।
नवनियुक्त प्रधानमन्त्री लिज ट्रसले ट्वीट गर्दै बकिङ्गम प्यालेसबाट महारानीका बारेमा आएको खबरले सम्पूर्ण देश नै चिन्तित भएको बताएकी थिइन् भने विश्वभरबाट उनको स्वास्थ्यलाई लिएर चिन्ता व्यक्त भएको थियो ।
महारानी एलिजाबेथको निधन भएको घोषणापछि दरबारमा रहेको राष्ट्रिय झण्डा आधा झुकाइएको छ । उनको निधनपछि जेठा छोरा चार्ल्स अब राजा चार्ल्स तृतीय बनेका छन् ।
चार्ल्स तृतीयले आमाको निधन एउटा ठूलो दुःखको क्षण भएको बताएका छन् । साथै विश्वभरबाट शोक व्यक्त गरिएको छ । यसअघि हिजो उनको स्वास्थ्यमा समस्या देखिएपछि बाल्मोरलमा डाक्टरको निगरानीमा राखिएको थियो ।
नवनियुक्त प्रधानमन्त्री लिज ट्रसले ट्वीट गर्दै बकिङ्गम प्यालेसबाट महारानीका बारेमा आएको खबरले सम्पूर्ण देश नै चिन्तित भएको बताएका छन् । महारानी एलिजाबेथ द्वितीयाको शासनकालमा बेलायतमा विन्स्टन चर्चीलदेखि लिज ट्रससम्म १५ जना प्रधानमन्त्री भएका छन् ।
News Desk 0 response शुक्रबार, भदौ २४, २०७९

सम्बन्धित शीर्षकहरु
-
भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको..
शुक्रबार, अशोज २३, २०८३ -
कांग्रेस महाधिवेशनमा मतदानको समय बेलुका ७ बजेसम्म
शुक्रबार, अशोज २३, २०८३ -
नवराज थपलियाको स्पष्टीकरण : ‘आरोपको निष्कर्षमा पुग्नुअघि..
शुक्रबार, अशोज २३, २०८३ -
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३ -
दशैं–तिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने..
बिहिबार, अशोज २२, २०८३
-
भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको..
शुक्रबार, अशोज २३, २०८३ -
नवराज थपलियाको स्पष्टीकरण : ‘आरोपको निष्कर्षमा पुग्नुअघि..
शुक्रबार, अशोज २३, २०८३ -
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३ -
दशैं–तिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने..
बिहिबार, अशोज २२, २०८३ -
कांग्रेस महाधिवेशनमा शुक्रबार बिहान ७ बजेदेखि मतदान
बिहिबार, अशोज २२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


