

-
काठमाडौं : अविरल बर्षासँगै बाढीले धेरै जनधनको क्षति गरेपछि पाकिस्तानले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ ।
अमेरिका, बेलायत, संयुक्त अरब एमिरेट्स र अरू देशहरूले सहयोग उपलब्ध गराउँदै आए पनि अझै धेरै सहयोगको आवश्यकता रहेको पाकिस्तानले बताएको बीबीसीले जनाएको छ ।
यो वर्ष जुनयता धेरै पानी परेर आएको बाढीका कारण पाकिस्तानमा ज्यान गुमाउनेको सङ्ख्या १ हजार ३३ जना पुगेको छ । भने दशौँ हजार विस्थापित भएका त्यहाँको राष्ट्रिय विपद् व्यवस्थापन निकायले जनाएको छ। देशको उत्तरपश्चिममा पर्ने खैबर पक्तुन्वा प्रान्तमा नदीका तटबन्धहरू भत्किएपछि ठूला बाढी आउँदा कयौँ मानिस विस्थापित भएका छन् ।
बाढीले विस्थापित भएकाहरु राहतको पर्खाइमा छन् । बाढी प्रभावितका लागि आफूले सक्दो सहयोग गरिरहेको पाकिस्तान सरकारले जनाएको छ । दक्षिण पूर्वमा अवस्थित सिन्ध प्रान्तमा पनि हजारौँ मानिसहरू विस्थापित भएका छन् ।
आर्थिक समस्यासँग जुधिरहेको पाकिस्तानमा विपत्तिले झनै समस्या निम्त्याएको छ । पाकिस्तानमा हरेक वर्ष बाढीको जोखिम हुने गरेको भए पनि यसपालि फरक खालको वर्षा भएकाले धेरै जनधनको नोक्सानी भएको मौसमविद्हरुले बताएका छन् ।
News Desk 0 response सोमवार, भदौ १३, २०७९

सम्बन्धित शीर्षकहरु
-
भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको..
शुक्रबार, अशोज २३, २०८३ -
कांग्रेस महाधिवेशनमा मतदानको समय बेलुका ७ बजेसम्म
शुक्रबार, अशोज २३, २०८३ -
नवराज थपलियाको स्पष्टीकरण : ‘आरोपको निष्कर्षमा पुग्नुअघि..
शुक्रबार, अशोज २३, २०८३ -
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३ -
दशैं–तिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने..
बिहिबार, अशोज २२, २०८३
-
भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको..
शुक्रबार, अशोज २३, २०८३ -
नवराज थपलियाको स्पष्टीकरण : ‘आरोपको निष्कर्षमा पुग्नुअघि..
शुक्रबार, अशोज २३, २०८३ -
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३ -
दशैं–तिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने..
बिहिबार, अशोज २२, २०८३ -
कांग्रेस महाधिवेशनमा शुक्रबार बिहान ७ बजेदेखि मतदान
बिहिबार, अशोज २२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


