

-
रसियाको आणविक उर्जा कम्पनी ‘रोसाटोम’ले केही हप्तामा हंगेरीमा दुई नयाँ आणविक भट्टीहरूको निर्माण थाल्ने हंगेरीका विदेशमन्त्रीले बताएका छन्।
सन् २०१४ मा भएको रसिया र युरोपेली युनियन (ईयू)मा आबद्ध हंगेरीबिचको यो सम्झौताले विद्यमान ‘पाक आणविक प्लान्ट’लाई विस्तार गर्ने लक्ष्य राखेको छ।
युक्रेनमा रसियाको रक्तपातपूर्ण आक्रमणपछि ईयूले लगाएको प्रतिबन्धहरूको अधीनमा रसियाको आणविक उद्योग परेको छैन।
‘पाक आणविक प्लान्ट’बाट हाल हंगेरीको बिजुली आपूर्तिको ४० प्रतिशत उत्पादन हुने गरेको छ।
‘निर्माण सुरु गरौँ !’ विदेशमन्त्री पिटर सिज्जार्टोले फेसबुक पोस्टमा भनेका छन्।
दुई भट्टीहरू थपिएपछि चार सोभियत–निर्मित भट्टीहरू रहेको हालको आणविक पावर स्टेशनको क्षमता दोब्बर भन्दा बढी हुने बताइएको छ।
‘यो एक ठूलो कदम हो, एक महत्त्वपूर्ण कोसेढुंगा हो,’ मन्त्री सिज्जार्टोले भने, ‘यस तवरले हामी दीर्घकालीन रूपमा हंगेरीको ऊर्जा सुरक्षा सुनिश्चित गर्नेछौँ र हंगेरियनहरूलाई ऊर्जाको मूल्यमा हुने उतारचढावबाट जोगाउनेछौँ।’
सन् २०३० सम्ममा आणविक भट्टीहरू सञ्चालनका लागि तयार हुने उनले बताए।
विवादास्पद १२.४ बिलियन डलरको उक्त परियोजनामा मुख्यतया रसियाको लगानी रहेको छ।
युक्रेनमा रसियाको आक्रमणपछि धेरै ईयूआबद्ध देशहरूले ऊर्जा आपूर्तिको रसियाली निर्भरतालाई कम गर्ने प्रयास गरिरहेका छन्।
News Desk 0 response शनिबार, भदौ ११, २०७९

सम्बन्धित शीर्षकहरु
-
दशैं–तिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने..
बिहिबार, अशोज २२, २०८३ -
कांग्रेस महाधिवेशनमा शुक्रबार बिहान ७ बजेदेखि मतदान
बिहिबार, अशोज २२, २०८३ -
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३
-
दशैं–तिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने..
बिहिबार, अशोज २२, २०८३ -
कांग्रेस महाधिवेशनमा शुक्रबार बिहान ७ बजेदेखि मतदान
बिहिबार, अशोज २२, २०८३ -
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


