

-
रुसको आक्रमणविरुद्ध ऐक्यबद्धना जनाउन तथा युक्रेनलाई समर्थन गर्न जी–७ का नेताहरू जर्मनीमा छलफलमा जुटेका बेला आज आइतवार किएभको आवासीय एवम् आसपासको क्षेत्रमा डरलाग्दो विस्फोट भएका छन् ।
उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) शिखर सम्मेलनको तयारीमा रहेका नेताहरूलाई तर्साउने उद्देश्यले तीन हप्तापछि फेरि आक्रमण गरिएको युक्रेनको राजधानी किएभ नगरका प्रमुख भिटाली क्लिट्स्कोले बताएका छन् । केही नगरवासीलाई बाहिर निकालिएको तथा दुई जना घाइतेलाई अस्पतालमा भर्ना गरिएको क्षतिग्रस्त भवनको भ्रमण गरेपछि उनले बताए भग्नावशेषमा मानिस रहेका अनुमान गरिएको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युरोपेली सङ्घ र नाटोको भेलालाई सम्बोधन गर्ने अपेक्षा गरिएको बेला पोल्यान्डको सीमा नजिकका सहर शनिवार भएका आक्रमणबाट प्रभावित भएका थिए ।
आइतवारको आक्रमणको केही घण्टापछि जी–७ सदस्य क्यानडा, जापान र संयुक्त राज्य अमेरिकासँगै बेलायतले पनि मस्कोमाथि प्रतिबन्ध लगाउँदै उसको बहुमूल्य रत्न एवम् धातु निर्यात रोक्ने घोषणा गरेको छ । यो कदमले ‘रुसी कुलीन वर्गलाई प्रहार गर्ने र राष्ट्रपति भ्लादिमिर पुटिनको युद्ध संयन्त्रमा हान्ने’ बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् ।
बारभियन आल्पस्मा जारी बैठकपछि पश्चिमा गठबन्धनले मास्कोमाथि लगाइएका प्रतिबन्धहरूको प्रभावकारिताको समीक्षा गर्नुका साथै किएभका निम्ति सम्भावित सहायता तथा दीर्घकालीन पुनर्निर्माण योजनाबारे छलफल गर्नेछ ।रुस–युक्रेन युद्ध पाँचौँ महिनामा प्रवेश गरेको छ । यस अवधिमा रुसी आक्रमणले पूर्वी डोनबास क्षेत्रका सहरको प्रतिरक्षामा जुटेकाहरूलाई कमजोर बनायो भने लुहान्स्क प्रान्तको झन्डै ९५ प्रतिशत र छिमेकी डोनेस्क प्रान्तको झन्डै आधा भागमा रुसी सेनाले कब्जा गरेको छ ।
News Desk 0 response आइतवार, असार १२, २०७९

सम्बन्धित शीर्षकहरु
-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३
-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


