• काठमाडौं । गएको २४ घण्टामा थप ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार तथ्यांक सार्वजनिक गरेको छ । यीसँगै नेपालमा संक्रमितको हालसम्म संख्या २ लाख ६६ हजार ५४६ पुगेको छ । त्यसैगरी यसै अवधिमा थप ६ को मृत्यु भएको छ । यसरी अहिलेसम्म कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या १ हजार ९४३ जना पुगेको मन्त्रालयले बताएको छ ।

    मन्त्रालयका अनुसार कुल संक्रमितमध्ये हालसम्म निको हुनेको संख्या २ लाख ६० हजार १७७ पुगेको छ । बिहीबारमात्रै ४०५ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । देशभरी बाँकी सक्रिय संक्रमितको संख्या भने ४ हजार ४२६ छ भने क्वारेन्टाइनमा रहनेको संख्या २३१ रहेको छ ।

    नेपालमा अहिलेसम्म कुल २० लाख २ हजार ४१ वटा नमूनाको पीसीआर विधिबाट परीक्षणहरु भइसकेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।