

-
काठमाडौं : प्रसूति बिदा ९८ दिनबाट बढाएर ६ महिना पुर्याउने प्रस्तावसहित तयार भएको विधेयक संसद् पुगेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक संसद् सचिवालयमा दर्ता गराएकी हुन् ।
विधेयकमा सरकारी, गैरसरकारी तथा निजी संघ–संस्थामा कार्यरत महिलाले कम्तीमा ६ महिनासम्म तलबसहित प्रसूति बिदा पाउने व्यवस्था प्रस्ताव गरिएको छ ।
“प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि सरकारी, गैरसरकारी वा निजी संघ संस्थामा कार्यरत महिलालाई सुत्केरी हुनुअघि वा पछि कम्तीमा छ महिनासम्मको तलब सहितको प्रसूति बिदा पाउने अधिकार हुनेछ,” मूल ऐनको दफा १३ (१) संशोधन गर्न प्रस्ताव गरिएको छ ।
२०७५ मा बनेको (हाल कायम रहेको) ऐनमा ९८ दिन बिदा दिने व्यवस्था छ । उक्त व्यवस्था बढाउन लागिएको हो । त्यस्तै, पत्नी सुत्केरी हुने पुरुष कर्मचारीले ४२ दिनसम्म तलबसहित प्रसूति स्याहार बिदा पाउने प्रस्ताव छ ।
“प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि सरकारी, गैरसरकारी वा निजी संघ संस्थामा कार्यरत पुरुष कर्मचारीको पत्नी सुत्केरी हुने भएमा त्यस्तो कर्मचारीले पत्नी सुत्केरी हुनुअघि वा पछि पारिश्रमिकसहितको बयालिस दिनसम्मको प्रसूति स्याहार बिदा पाउनेछ,” दफा १३ को ९५०को सट्टा राख्ने भनिएको छ ।
मृत शिशु जन्मिएको वा जन्मिएपछि शिशुको मृत्यु भएको अवस्थामा समेत महिलाले ९८ दिनसम्म तलबसहित प्रसूति बिदा पाउने व्यवस्था प्रस्ताव गरिएको छ ।
News Desk 0 response सोमवार, अशोज ५, २०८३

सम्बन्धित शीर्षकहरु
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक गर्नुपर्छ : वरिष्ठ अधिवक्ता भट्टराई
शनिबार, कार्तिक १५, २०८३
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको दुग्ध विकास संस्थान
शुक्रबार, कार्तिक १४, २०८३-
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
गाजाको ७० प्रतिशत भूभाग इजरायली नियन्त्रणमा
बिहिबार, कार्तिक १३, २०८३ -
नेपालमा फेरी इन्धनको मूल्य फेरि बढ्ने संकेत
बिहिबार, कार्तिक १३, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३
-
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपालमा फेरी इन्धनको मूल्य फेरि बढ्ने संकेत
बिहिबार, कार्तिक १३, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३ -
एनपीएल : पोखरालाई हराउँदै सुदूरपश्चिम विजयी
बुधबार, कार्तिक १२, २०८३
-
टोरन्टोमा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड..
मङ्लबार, कार्तिक ११, २०८३ -
एनपीएल : विराटनगरलाई ८ रनले हराउँदै चितवनको..
मङ्लबार, कार्तिक ११, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३


