• काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार देशभरबाट ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएको विवरण सार्वजनिक गरेको छ । यीसँगै नेपालमा अहिलेसम्म कुल संक्रमित २ लाख ५९ हजार ५४८ पुगेका छन् । त्यस्तै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या संख्या १ हजार ८४० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ८ को मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयको अनुसार यस अवधिमा थप ७३१ जना कोरोनामुक्त भर्इ डिस्चार्ज भएका छन् । यीसँगै कोरोना जितेर निको हुनेको संख्या २ लाख ५१ हजार ३१२ पुगेको छ । आज थपिएका सहित बाँकी सक्रिय संक्रमितको ६ हजार ३९६ पुगेका छन् भने कोरोनाकै आशंकामा हाल क्वारेन्टाइनमा ३६९ जना रहेका छन् ।

    त्यसैगरी २४ घण्टामा ६ हजार १३५ वटा नमूनाको पीसीआर परीक्षण भएका थिए भने नेपालमा हालसम्म १९ लाख २१ हजार ३६७ पीसीआर परीक्षण भइसकेको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ ।