• काठमाडौं । गएको २४ घण्टामा थप ७१० जनामा कोरोना संक्रमण देखिएको छ । आज देखिएका नयाँ संक्रमितमध्ये महिला ३०६ र पुरुष ४०४ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो । यस अवधिमा ४ हजार ७८० वटा नमूनाको पिसिआर परीक्षण गरिएको थियो । यीसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५३ हजार १८४ पुगेको छ । हालसम्म ८ हजार ८४० सक्रिय संक्रमित रहेका छन् ।
     
    मन्त्रालयका अनुसार आज एकै दिन १ हजार १७५ जना निको भइ घर फर्किएका छन् । अहिलेसम्म निको हुने संख्या दुई लाख ४२ हजार ५६७ पुगेको छ । नेपालमा निको हुने दर ९५.८ प्रतिशत पुगेको छ । सांक्रमितमध्ये २८३ जना सघन उपचार कक्ष र ४९ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

    त्यस्तै आज थपिने नयाँ संक्रमितमा काठमाडौं उपत्यकामा मात्र २८७ रहेका छन् । तिमध्ये १२१ जना महिला र १६६ जना पुरुष रहेका मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार २४ घण्टामा थप १२ को मृत्यु भएको छ । यीसँगै नेपालमा अहिलेसम्म कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या १ हजार ७७७ पुगेको छ ।