

-
काठमाडौं । गएको २४ घण्टामा १ हजार २१७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ । यस अवधिमा ७ हजार २३२ वटा नमुनाको परीक्षण भएकामा उक्त संख्यामा नयाँ संक्रमित थपिएका हुन् । त्यसैगरी बिहीबार नै थप १२ जनाको मृत्यु यसकै संक्रमणका कारण मृत्यु भएको छ ।
यसरी अहिलेसम्म नेपालमा कुल संक्रमितको संख्या २ लाख ४५ हजार ६५० पुगेको छ भने ज्यान गुमाउनेको संख्या १ हजार ६ सय ६३ पुगेको मन्त्रालयद्वारा प्रकाशित विवरणमा उल्लेख गरिएको छ ।
आज काठमाडौं उपत्यकामा मात्रै ४०४ जना कोरोना संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा ३२८, ललितपुरमा ५१ र भक्तपुरमा २५ रहेका छन् ।
मन्त्रालयका अनुसार २४ घन्टामा कोरोनामुक्त भएर १ हजार ६४ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म निको हुनेको संख्या २ लाख ३१ हजार ६ सय १ पुगेको छ । यो निको हुनेको दर ९४.२ प्रतिशत हो । आज थपिएका सहित बाँकी सक्रिय संक्रमित १२ हजार ३८६ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । त्यस्तै कोरोना संक्रमणको आशंकामा देशभरका क्वारेन्टाइनमा बस्नेको संख्या ५१५ जना पुगेको छ ।
News Desk 0 response बिहिबार, मंसिर २५, २०७७

सम्बन्धित शीर्षकहरु
-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३
-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


