

-
काठमाडौं । विगत २४ घण्टामा जनामा थप १ हजार ९४८ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयको बुधबारको कोभिड–१९ मिडिया ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले यस अवधिमा ९ हजार २१० वटा नमूनाको पीसीआर परीक्षण भएकामा उक्त संख्यामा नयाँ संक्रमित थपिएका जानकारी दिएका हुन् । यीसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २६ हजार २६ पुगेको छ ।
आज थपिने नयाँ संक्रमितमा काठमाडौं उपत्यकाबाट मात्र ८३५ जना रहेका छन् । यसरी संक्रमित हुनेमा ३५० महिला र ४८५ पुरुष रहेका छन् । जसमा काठमाडौंमा ६३५, ललितपुरमा ११३ र भक्तपुरमा ८७ जना भएको प्रवक्ता डा. गौतमले बताए ।
सो अवसरमा प्रवक्ता डा. गौतमले २४ घण्टामा थप २८ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । यसरी अहिलेसम्म कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या १ हजार ३८९ पुगेको छ । उनका अनुसार बुधबार ३ हजार १४० जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै अहिलेसम्म निको भएर घर फर्किनेहरु २ लाख ७ हजार ९९८ पुगेको छन् ।
त्यसैगरी आज थपिएका नयाँसहित देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म १६ हजार ६३९ पुगेको छ भने कोरोनाकै आशंकामा हाल क्वारेन्टाइनमा ६६९ जना रहेका मन्त्रालयको जनाएको छ ।
News Desk 0 response बुधबार, मंसिर १०, २०७७

सम्बन्धित शीर्षकहरु
-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३
-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


